शेयर बजारको ओरालो यात्रा रोकिएन, आज साढे १९ अङ्कले घट्यो
बैशाख ६, २०८१ बिहिबार
प्युठान – प्यूठानको झिमरुक गाउँपालिकामा एम्बुलेन्स किन्न सहयोग जुटाउन भलिबल प्रतियोगिता हुने भएको छ ।
एम्बुलेन्स किन्ने रकमको जोहो गर्न इनरजेटिक युथ क्लबले असोज ३० र ३१ गते भलिबल प्रतियोगिता गर्न लागेको क्लबका अध्यक्ष हरि पोख्रेलले जानकारी दिनुभयो ।
प्युठानमा पर्याप्त एम्बुलेन्स छैनन् । बिरामीको लागि जिल्ला अस्पताल बिजुवारबाट एम्बुलेन्स मगाउँदा झिमरुक गाउँपालिकासम्म आउन २ घण्टा लाग्ने गरेको छ । गाउँपालिकामा एम्बुलेन्स नहुँदा गम्भीर प्रकृतिका बिरामीको बाटोमै ज्यान जाने गरेको र सुत्केरी महिलाहरुले धेरै समस्या भोग्नुपरेको छ ।
भलिबल प्रतियोगिताबाट जम्मा भएको पैसा र अन्य सहयोगबाट एम्बुलेन्स किन्ने पनि क्लबका अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।