नेपाल बंगबन्धु गोल्डकप फुटबलको समूह चरणबाटै बाहिरियाे

 असोज २०, २०७५ शनिबार २०:२३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल बंगबन्धु गोल्डकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।

पहिलो खेलमा ताजकिस्तानसँग २–० ले पराजित भएको नेपाल शनिबार भएको दोस्रो खेलमा प्यालेस्टाइनसँग १–० गोल अन्तरले पराजित भएपछि गएकाे संस्करणको उपाधि विजेता नेपालको बंगबन्धु गोल्डकप फुटबलको यात्रामा पूर्णविराम लागेको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा गोल खान पुगेको थियो । प्यालेस्टाइनले ७० औं मिनेटमा गरेको गोल नै निर्णायक भएको थियो । यो सँगै प्लोस्टाइन र ताजिकिस्तान सेमिफाइनलमा पुगेका छन् ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया