स्थगित ए डिभिजन लिग २४ गतेबाट फेरि सञ्चालन हुने

 असोज २०, २०७५ शनिबार २०:२९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिगको पहिलो चरणका स्थगित खेलहरु २४ गतेबाट सुचारु हुने भएका छन् ।

राष्ट्रिय टिम बंगबन्धु गोल्डकपमा सहभागिता जनाएका कारण रोकिएको लिग प्यालेस्टाइनसँगको पराजयपछि प्रतियोगिताबाट बाहिरिएको छ । नेपाली टिम २२ गते नेपाल आइपुग्ने  कार्यक्रम छ ।

एन्फाले २४, २५ र २६ गतेभित्र पहिलो चरणको खेल सकाउने लक्ष्य लिएको छ । त्यसपछि दशैं–तिहारको विदामा लिग स्थगित हुनेछ ।

कम्तिमा एउटा खेल हलचोक स्थित एपीएफको मैदानमा गराउने एन्फाले श्रोतले जनाएको छ ।

पहिलो चरणमा मच्छिन्द्र र च्यासल, फ्रेण्डस् क्लब र थ्रीस्टार, जावलाखेल युथ क्लब र नेपाल पुलिस, हिमालयन शेर्पा र एपीएफ तथा ब्रिगेड ब्वइज क्लब र मनाङ मस्र्याङ्दी गरी पाँच खेल बाँकी छन् । तीन दिनमा पाँच खेल खेलाउँदा दुई दिन दुई–दुई खेल हुनेछ भने एक दिन एउटा खेल हुनेछ । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया