‘मूल्य कति स्क्र्याच गरी आउँछ जति’ उत्सव योजनाको विजेता घोषणा

 असोज २१, २०७५ आइतबार ७:१५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

अग्नि मोटो इन्कले महिन्द्रा टु ह्वीलर्सले मूल्य कति स्क्र्याच गरी आउँछ जति उत्सव योजनाको दोस्रो विजेता घोषणा गरेको छ । यस योजनाका दोस्रा विजेता तौलिहवा कपिलवस्तुकी सालिमुन निसा हुनुभएको छ ।

यसअघि पहिलो पटक चितवन भरतपुरकी सिर्जना गौतमले स्क्र्याच गरी रु २०७५ मा महिन्द्रा टू ह्वीलर किन्ने मौका प्राप्त गर्नुभएको थियो ।

यो योजना अन्तर्गत महिन्द्राका कुनै पनि बाइक तथा स्कुटर खरिद गर्नु हुने ग्राहकलाई एक ओटा स्क्र्याच कुपन प्रदान गरिन्छ र स्क्र्याचकुपनमा स्क्र्याचगर्दा देखिएको मूल्य तिरी ग्राहकले खरिद गर्न सक्नुहुन्छ ।

यसरी यस योजनामा स्क्र्याच कुपनमा न्यूनतम रु २०७५ मा महिन्द्राको टू ह्वीलर खरिद गर्न सकिने छ । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया