रियल मड्रिड पराजित

 असोज २१, २०७५ आइतबार ७:४८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला–लिगामा महारथी टोली रियल मड्रिडको खराब लय जारी छ । शनिबार राति भएको खेलमा रियल मड्रिड डेपोर्टिभो अलाभेससँग १–० गोलले पराजित भयो । 

घरेलु मैदानमा डेपोर्टिभो अलाभेसले शानदार प्रदर्शन गरेको थियो । तर, उसलाई गोल गर्न खेलको अन्तिम मिनेटसम्म कुर्नुपरेको थियो । खेलको अतिरिक्त समयमा मनु ग्यारिकाले गोल गरी अलाभेसका लागि महत्वपूर्ण तीन अंक दिलाएका थिए ।

जितसँगै अलाभेस ८ खेलबाट १४ अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको छ । रियल मड्रिड भने ला लिगामा पछिल्लो पाँच खेलमा दोस्रो पराजय ब्यहोर्न बाध्य भयो ।  समान १४ अंक नै भए पनि रियल दोस्रो स्थानमा छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया