प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
जर्मन च्याम्पियन बायर्न म्युनिक बुण्डेस लिगामा पराजित भएको छ । बोरुसिया मोन्चेनग्लाडबाकसँग ३–० ले पराजित भएपछि बायर्न चार खेलमा जितविहीन भएको छ ।
यो नतिजासँगै बायर्न सात खेलबाट १३ अंक बनाउँदै पाँचौं स्थानमा झरेको छ भने मोन्चेनग्लाड्बाक समान खेलबाट १४ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ ।
घरेलु मैदानमा भएको खेलमा बायर्नले ७२ प्रतिशत बल पोसेसन आफ्नो पक्षमा राखे पनि गोल गर्न सकेन । १०औं मिनेटमा अलेसान प्लियले गोल गर्दै मोन्चेनग्लाडबाकलाई अग्रता दिलाएका थिए ।
१६औं मिनेटमा लार्स स्टिन्डिलले गोल गर्दै पाहुना टोलीको अग्रता २–० मा लम्ब्याए । सुरुवातमा नै दुई गोलले पछि परेको बायर्नले गोल फर्काउने प्रयास गरेका थियो । खेलको अन्तिम मिनेटमा प्याट्रिक हम्र्यानले गोल गरेपछि बायर्न घरेलु मैदानमा स्तब्ध बनेको छ ।
सिजनको सुरुवातमा लगातार चार जित हात पारेको बायर्न पछिल्लो तीन खेलमा भने जितविहीन छ ।
बायर्नले अग्सबर्गसँग बराबरी खेलेको थियो भने हर्थासँग पराजय भागेको थियो । यता च्याम्पियन्स लिगमा पनि नेदरल्याण्डको आयाक्ससँग बराबरीमा चित्त बुझाएको थियो ।
बुण्डेस लिगा तालिकामा बोरुसिया डोर्टमण्ड शीर्ष स्थानमा छ । घरेलु मैदानमा अग्सबर्गलाई ४–३ गोलले हराउँदै डोर्टमण्ड तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।