रुकुम पश्चिमको सल्ले विमानस्थलबाट हवाई उडान सेवा सुरु

 असोज २१, २०७५ आइतबार १२:५३:५७ | रासस
unn.prixa.net

रुकुम पश्चिम – सल्ले विमानस्थलबाट अाइतबारदेखि फेरि हवाई उडान सेवा सुरु भएको छ । 

तीन महिनादेखि रोकिएको उडानसेवा आजदेखि काठमाडाैं – रुकुम –नेपालगञ्ज उडान गरेर नियमित भएको हो । अबदेखि जहाजले काठमाडाैं र नेपालगञ्ज पहिलेकै तालिका अनुसार हप्तामा एक/एक दिन उडान गर्ने सल्ले निगमका निमित्त प्रमुख रमेश पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल वायुसेवा निगमको जहाजले आइतबार काठमाडाैं –रुकुम– नेपाजगञ्ज र सोमबार नेपालगञ्ज – रुकुम – काठमाडौँ उडान गर्ने भएको छ । यसअघि दुर्गम ठाउँमा उडान गर्ने निगमका जहाज अपूग र मर्मत गर्नुपर्ने भएकोले नियमित सेवा अवरुद्ध भएको थियो । 

दशँैतिहार नजिकिंँदै गर्दा हवाईसेवा पनि नियमित भएपछि रुकुम पश्चिम तथा पूर्वका यात्रु खुशी भएका छन् । रुकुमको सल्लेबाट उडान सुरु भए पनि जिल्लाको अर्को विमानस्थल चौरजहारीमा भने अझै उडान शुरु भएको छैन । चौरजहारी विमानस्थल करीब १६ महिनादेखि हवाईसेवा बन्द भएको छ । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया