नेपालले दिएकाे १७३ रनकाे लक्ष्य भेट्ला त थार्इल्याण्डले ?

 असोज २१, २०७५ आइतबार १३:४८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी टी–ट्वान्टी विश्वकप छनोंटमा थाइल्याण्डलाई नेपालले १७३ रनको चुनौती दिएको छ ।

मलेसियाको बायुमास ओभल मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको छ । अन्तिम ओभरमा नेपालका करन केसीले लगातार ३ छक्का प्रहार गरे पछि नेपालको इनिङ उकासेका थिए ।

ओपनिङमा आएका अनिल साह र विनोद भण्डारी तथा दीपेन्द्रसिंंह ऐरी सस्तैमा आउट भए । अनिल साह २५ रन बनाएर आउट हुँदा विनोद भण्डारी १५ रनमा पेभेलियन फर्किए ।

२८ रन बनाएका  बेला विनोद भण्डारीलाई गुमाएको नेपालले ५४ रनको स्कोर हुँदा अनिल साहलाई गुमाएको थियो । त्यसपछि शरद भेषावकर र दीपेन्द्रसिंह ऐरीले नेपालको पारी अगाडी बढाएका थिए । तर दिपेन्द्रसिंह ऐरी नेपालको ९९ रन भएका बेला व्यक्तिगत ३० रनमा आउट भएका थिए ।

त्यसपछि क्रिजमा आएका आरिफ शेख व्यक्तिगत ८ रन बनाउँदै आउट भए । नेपालले ११२ रन हुँदा ४ विकेट गुमाएपछि कप्तान पारस खड्का मैदान आएका थिए ।

तर ११५ रन हुँदा शरद ३४ रन बनाउँदै आउट भएका थिए । १२१ रनहुँदा नेपालका पारस खड्का ५ रनमा आउट भएका थिए । त्यसपछि १२८ रन हुँदा ज्ञानेन्द्र मल्ल ७ रन बनाएर आउट भएका थिए ।

त्यसपछि मैदान आएका करन केसीले विस्फोटक ब्याटिङ गर्दै नेपाललाई बलियो स्कोरमा पुर्याएका थिए । अन्तिम ओभरमा लगातार ३ छक्का प्रहार गरेका करनले समग्रमा १४ बल खेल्दै ४० रनमा नट आउट रहे । यसैगरी सोमपाल कामी पनि ४ रनमा नट आउट रहे । थाइल्याण्डका पायुपुठ संग्राडले सर्वाधिक ४ विकेट लिएका थिए

अन्तिम अपडेट: चैत ४, २०८०

1 Comments

  • Laxmi paudel

    Oct. 7, 2018, 3:38 p.m.

    भेट्न् सक्दैन

  •  0 Reply

तपाईको प्रतिक्रिया