श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले बढ्याे

 असोज २१, २०७५ आइतबार १५:३७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – मन्त्रिपरिषद् बैठकले श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिक कम्तिमा २५ प्रतिशत बढाएको छ ।

अाइतबार बसेकाे मन्त्रिपरिषद् बैठकले श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । २५ प्रतिशत पारिश्रमिक वृद्धि गर्दा पत्रकारको न्युनतम पारिश्रमिक  २४ हजार ३ सय रुपैयाँ पुगेको छ ।

यो निर्णय कात्तिक १ गतेपछि सरकारी र निजी सबै सञ्चारमाध्यमले लागू गनु पर्ने मन्त्री बास्कोटाले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १२, २०८०

2 Comments

  • Mukti

    Oct. 7, 2018, 8:17 p.m.

    फेरी हाम्राे तलब २५ प्रतिशतले बढेछ, घर जाँदा बा ले बधार्इ दिने भने अाफु भने चिल्लै २५ रूपैयाँ कहाँ पाइएला

  •  0 Reply
  • Chakra Prasad Pokhrel

    Oct. 7, 2018, 3:48 p.m.

    यो नियम सरकारीमा मात्र त होला लागु हुने अरु कुनै पनि मिडियाले लागु गर्दैनन अनुगमन गर्ने निकायलाई पैसा भए पुग्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया