रामेछापमा कैदीको ज्यान गयो

 असोज २१, २०७५ आइतबार १५:४९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

रामेछाप – जिल्ला कारागार कार्यालय रामेछापमा कैदी जीवन बिताइरहेका एक कैदीको हृदयघातका कारण आइतबार दिउँसो ज्यान गएको छ ।

रुपन्देही जिल्ला साविकको वनकटी गाविस वडा नं–९ घर भई रामेछाप कारागार कार्यालयमा लागुऔषध सम्बन्धी मुद्धामा जेल जीवन बिताइरहेका ३९ वर्षका सुशिल श्रेष्ठको हृदयघातका कारण ज्यान गएको हो ।

सुशिललाई हृदयघात भई अशक्त भएपछि तत्काल नै उपचारको लागि जिल्ला अस्पताल रामेछाप लैजाने क्रममा बीच बाटोमा उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

उनको शव पोष्टमार्टमको लागि रामेछाप अस्पताल परिसरमा राखिएको छ । प्रहरीले मृतक श्रेष्ठका आफन्तलाई खबर गरिसकेकाले शव सोमबार पोष्र्टमार्टम हुनसक्ने जनाएको छ । 
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया