सगरमाथामा राष्ट्रिय निकुञ्जमा १३ करोडभन्दा बढी राजश्व संकलन

 जेठ २४, २०७५ बिहिबार १२:३०:५० | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सगरमाथामा राष्ट्रिय निकुञ्जले १३ करोड ७५ लाख ५१ हजार ७ सयल १० रुपैयाँ राजस्व संकलन गरेको छ । पर्यटक भ्रमणबापत राजश्व संकलन भएको निकुञ्जको कार्यालले जनाएको छ । 

यस अवधिमा ५१ हजार ३ सय ६७ जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेको कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्याङ्क अनुसार वैशाख महिनामा मात्र १० हजार ५ सय २६ जनाले सगरमाथा राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । यस अवधिमा मात्र २ करोड ७४ लाख ९ हजार ५ सय राजश्व संकलन भएको सगरमाथा राष्ट्रिय निकुञ्जका संरक्षक अधिकृत प्रमोद भट्टराईले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया