सिके राउत गौरबाट पक्राउ

 असोज २१, २०७५ आइतबार १७:३९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

राैतहट– देश टुक्र्याउने अभिव्यक्ति दिएर भूमिगत भएका डाक्टर सिके राउतलाई प्रहरीले रौतहटको सदरमुकाम गौरबाट पक्राउ गरेको छ ।

अदालतको तारेखमा आएका राउतले अदातलबाट निस्केपछि देश टुक्र्याउने अभिव्यक्ति दिँदै नारा लगाएर हिँडेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीसँगै अन्य दुईजना पनि पक्राउ परेका छन् । उनका सहयोगी रामेश्वर राय यादव र सञ्जय स्वराजलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । विभिन्न आवाञ्च्छित गतिविधि गर्दै नाराबाजी गरेर अदालतबाट निस्केका राउतलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीविरुद्ध अदालतमा मुद्धा परेकाले उनी त्यही मुद्धाको तारेखमा अदालतमा उपस्थित भएका थिए । उनलाई देश द्रोहको मुद्धा चलाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यलयमा रौतहटका डीएसपी  महेन्द्रप्रसाद मरासयनीले जानकारी दिनुभयो ।

राउतलाई छुटाउन उनका समर्थक जिल्ला प्रहरी कार्यालय अगाडि बसिरहेका छन् । राउत केही दिनअघि स्वतन्त्र मधेशको नारा दिँदै प्रहरी अगाडि नै भाषण गरेर भूमिगत भएका थिए ।

गएको असोज ३ गते प्रशासनलाई चुनौती दिँदै सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनले जनकपुरमा  संविधान दिवस विरोधी कार्यक्रम गरेका थिए । 

स्वतन्त्र मधेसको अभियानमा लागेका डाक्टर सिके राउत नेतृत्वको मधेस गठबन्धको पूर्व घोषित कार्यक्रमलाई असफल पार्न प्रहरीले दुई दिन अघिदेखि नै कार्यकर्तालाई धडपकड सुरु गरेको थियो ।

कडा सुरक्षाका बाबजूद मधेस गठबन्धनका सयौँ कार्यकर्ताले  जनकपुरमा प्रदर्शन गरेका थिए भने प्रहरीको विशेष खोजी सूचीमा रहेका गठबन्धका संयोजक सिके राउत रामानन्दचोकमा प्रहरी प्रशासनकै अगाडि कोणसभालाई झण्डै २० मिनेट सम्बोधन गरेर पुनः भूमिगत भएका थिए ।

राउतको त्यो अभिव्यक्ति असामान्य भएको र सरकारले राउतलार्इ पक्राउ नगरेको भन्दै सरकारको आलोचना भएको थियो

अन्तिम अपडेट: बैशाख ४, २०८१

21 Comments

  • Manahari

    Oct. 10, 2018, 3:48 a.m.

    सरकार कडाइ नभएकोले यस्तो कार्यक्रम बारम्बार दाेहाेरिरहन्छ ।

  •  0 Reply
  • simon thapa

    Oct. 8, 2018, 7:36 a.m.

    देश टुक्र्याउने अभिब्यक्ति दिने देशद्राेहि लाई जन्मकैद गर्नु पर्छ।

  •  0 Reply
  • Muktiram subedi

    Oct. 7, 2018, 7:16 p.m.

    सिके राउत पक्राउ त परे त्र कति दिन को लागि ? पुलिस ले पक्डे जस्तो गर्ने अनि माथी को आदेस भन्दै न छोड्लान भन्न सकिन किन कि सिके राउत जस्ता देस दोरोह लाइ आज होइन पैले नै समातेर छोडनु हुदैन्थियो छोनु परे येस्तो बनाये र छोड्नु पर्थियो कि सिके ले अब देखि कैलै येस्तो बोल्न न सकोस येस्तो सोच्न न सकोस अजै पनि समय छ सिके लाइ अदलत ,सरकार , पुलिस को एउटै सोच ले कारबाही गरोस सिके को सजाय सुनेर अरु कुनै ले पनि देस को खिलफ बोल्ने आट न गरोस ।

  •  0 Reply
  • शम्भु बस्नेत

    Oct. 7, 2018, 7:11 p.m.

    मेरो प्यारो नेपाल लाई दुई बनाउछु भन्दै हिड्ने लाई मुद्दा चलाउनु पर्छ

  •  0 Reply
  • Robert gurung

    Oct. 7, 2018, 7:07 p.m.

    यो सिके रावतलाई अब दरो कार्बाही गर्नुपर्यो नेपाल सर्कार्ले पहिला पनि थुनेर केही काम भएन ,अब भयानक कार्बाही गर्नुपर्छ किनकी यस्ता धमिराले देश सिद्धाउने अनि जनता भड्काउने काम गर्छन , अर्थ न वर्थ सङ्ग/

  •  0 Reply
  • Sushil Marhatta

    Oct. 7, 2018, 7:01 p.m.

    देशको स्वाभिमान माथि खुल्लम खुल्ला प्रहार गर्ने ब्यक्तिलाई देशद्रोहि भनेर किन कारवाहि गर्न सक्दैन सरकार? हत्यारालाई ईन्काउन्टर गर्न सक्ने सरकारले देशद्रोहिलाई किन सलाम ठोकेर बसेको छ?

  •  0 Reply
  • Mahamad sagir Miya Ansari

    Oct. 7, 2018, 7 p.m.

    त्यसलाई फाँसी दिनुपर्छ /

  •  0 Reply
  • nimpasang

    Oct. 7, 2018, 6:57 p.m.

    यसलाई देश निकाला गर्नुपर्छ /

  •  0 Reply
  • ज्ञान बहादुर राई

    Oct. 7, 2018, 6:56 p.m.

    कुनै पनि नेपाली नागरिक भएको हैसियत मा उसले बोल्न पाउनु पर्छ।तर कति कुराहरु बोलदा? देशको कानुन र देश प्रती कुनै आच आउने अनि बिदेशी शक्ति मार्फत संचालित भए झै गरि ? देशमा जातीय दन्त सिर्जना गर्न गराउन पाइदैन ? र सरकारले पनि टोलि आउँदा बाडेका अंकित नागरिकता पुनः जाच गरि ? परमाण नपुगी बनाएका नागरिकता खारेजी पर्कृयामा लानु परो? अनि दुईवटा नागरिकता बोकि सिमानामा गएर नेपाल तिर ढुङ्गा हान्ने जो कोहिलाई सरकारले छान बिन गरोस ? तराईका धेरै नागरिक सङ्ग दुईवटा नागरिकता भएकोले नेपालमा बेला बेला समस्य उत्पन्न हुँदै आइ रहेको छ ? अनि अब यो रोटि बेटिको सम्बन्ध पनि खारेजी गर्दा नै नेपालको हित हुने छ ? पछि यो पनि ठूलो समस्या हुने देखिन्छ ? यो मेरो मात्र बुझाई हो ? कसै प्रती आरोप होइन ? र लागू हुनुपर्छ भन्ने दवाब पनि होइन ? तर एक सचा नेपाली सपूत भएर मेरो मातृभूमि प्रती र मेरो देशको माटो माया भएकोले यो पोस्ट गरेको छु । धन्यवाद ।। हामी रहुला काहा जब देश नै नरहे ? केही गर्नु छ भने देशको लागि गरौ ? आफनो लागि त सबैले गरेका छ्न याहा ???

  •  0 Reply
  • Devendra malla

    Oct. 7, 2018, 6:53 p.m.

    सि के रावत जस्ता कतिपय मानिस प्रतिनिधि हुँदा 'म महान हुँ ' भन्ने कै धेरै देखियो पत्रकारज्यू , यस्तो व्यक्ति हाम्रो सामु कमिला सरह हो /

  •  0 Reply
  • Parshuram Bhusal

    Oct. 7, 2018, 6:48 p.m.

    हैन यो देशद्रोहीलाई कति पालेर राख्ने ? अरुलाई पनि भडकाउदैछ यो देशको धमिरा हो , यसले देशलाई खोक्रो पार्छ , यस्तालाई नेपालमा रहेर देश टुक्र्याउने कुनै हक छैन /

  •  0 Reply
  • Manoj Thapa

    Oct. 7, 2018, 6:35 p.m.

    राष्ट्रको भाइरस हो यो ।

  •  0 Reply
  • Bishnu prasad gautam

    Oct. 7, 2018, 6:33 p.m.

    सिके राउत लाई जेल हुनु पर्छ सरकार एस्ता मानिस लाई बाइर खुले आम दिनु हुदैन देश टुक्र्याउने लाई सरकार

  •  0 Reply
  • Nepali

    Oct. 7, 2018, 6:28 p.m.

    यसलाई फाँसी दे /

  •  0 Reply
  • D.D.j

    Oct. 7, 2018, 6:26 p.m.

    सिके राउत देशटुक्राउन खोज्दैछ, सरकारले पक्राउ गर्छ अदालतले सामान्य तारीखमा छोडछ।के हाम्रो देशमा कानून छैन ? छ भने, देशद्रोहको मुद्दा किन लागेन अहिले सम्म?

  •  0 Reply
  • समिर गुरुङ

    Oct. 7, 2018, 6:15 p.m.

    यसलाई फाँसीको सजाय हुनुपर्छ💕✌ साला देशद्रोही

  •  0 Reply
  • Buddhi bahadur gurung

    Oct. 7, 2018, 6:13 p.m.

    इन्डियन रिमोट बाट सन्चालित सि के लाई पक्रेको नाटक मन्चनको लागी हो जनताको अगाडी कार्बाही गर्‍यो सरकारले भन्ने बनाउनको लागी

  •  0 Reply
  • प्रदिप कोईराला

    Oct. 7, 2018, 6:12 p.m.

    अबिलम्ब रिहा गरियोस, चर्चामा ल्याउने प्रयास नगरियोस /

  •  0 Reply
  • Buddhi bahadur gurung

    Oct. 7, 2018, 6:11 p.m.

    इन्डियन रिमोट बाट सन्चालित सि के लाई पक्रेको नाटक मन्चनको लागी हो जनताको अगाडी कार्बाही गर्‍यो सरकारले भन्ने बनाउनको लागी

  •  0 Reply
  • मधु राम रिमाल

    Oct. 7, 2018, 6:09 p.m.

    ससक्त कारबाई हुनुपर्छ

  •  0 Reply
  • Basant

    Oct. 7, 2018, 6:06 p.m.

    राजनीतिक विचार दिनु देश टुक्र्याउनु होइन /

  •  0 Reply

तपाईको प्रतिक्रिया