ओखलढुंगा सदरमुकाममा एक हप्तादेखि विद्युत् अवरुद्ध

 असोज २१, २०७५ आइतबार १८:२:९ | शिव ढुंगाना
unn.prixa.net

प्रतिकात्मक तस्बिर

ओखलढुंगा– ओखलढुंगा सदरमुकाममा एक हप्तादेखि अवरुद्ध विद्युत अझै सञ्चालनमा आउन सकेको छैन् ।

विद्युत् अवरुद्ध भएपछि सरकारी तथा निजी क्षेत्रका कार्यालयहरुको काम प्रभावित हुँदा सेवाग्राही मर्कामा परेका छन् । सिद्धिचरण नगरपालिका वडा नम्बर ११ मा रहेको गोरुमारेभञ्ज्याङमा रहेको सब–स्टेशनमा रहेका ट्रान्सफर्मर बिग्रिएपछि ३३ केभी प्रशारण लाइन अवरुद्ध भएको हो ।

हाइ भोल्टेजले ट्रान्सफर्मर पड्किएको नेपाल विद्युत प्राधिकरण ओखलढुंगा वितरण केन्द्रले जनाएको छ । ट्रान्सफर्मर पड्किएपछि खोटाङको बुइपा हुँदै ओखलढुंगा आउने र मोलुङ खोलामा उत्पादित विद्युत प्रशारणमा अवरोध पुगेको हो । विद्युत दैनिक अभाव हुँदा जिल्लामा सञ्चालित संचारमाध्यम र पत्रकारहरु बढी प्रभावित भएका छन् ।

विद्युत अवरुद्ध भएपछि टेलिफोन तथा इन्टरनेट सेवा समेत प्रभावित बनेका छन् । ट्रान्सफर्मर खरिद गरेर ल्याउने काम भइरहेको वितरण केन्द्रका प्रमुख सञ्जीव शाहले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १८, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया