निर्मला पन्त बलात्कार र हत्या प्रकरणले देशको शीर झुकायाे : जम्मरकट्टेल

 असोज २१, २०७५ आइतबार १८:४६:५७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा सोमबार प्रदेशको राजधानी बारेको प्रस्ताव गरिने भएको छ ।

असोज २ गतेको प्रदेशसभा बैठकको विशेष समयमा उठेका प्रश्नहरुको आइतबार जवाफ दिंदै आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मरकट्टेलले यसबारे जानकारी दिनुभएकाे हाे । कार्यव्यवस्था परामर्श समितिमा भएको छलफल अनुसार राजधानीको विषय औपचारिक रुपमा प्रदेशसभा बैठकमा सोमबार प्रवेश गर्ने बताइएकाे हाे।

उहाँले प्रदेशसभा बैठकले गठन गरेको राजधानी अध्ययन विशेष समितिको प्रतिवेदनसहितको प्रस्ताव प्रदेशसभामा प्रस्तुत हुने र राजधानीको निर्णय गर्ने अधिकार प्रदेशसभामा रहेको बताउनुभयाे ।

उहाँले प्रक्रियागत ढिलाई भएको स्विकार्दै नामाकरणको विषय पनि एकैसाथ टुंगो लगाउनु उपयुक्त हुने सुझाव दिनुभयाे ।

बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कट्टेलले निर्मला पन्त बलात्कार र हत्या प्रकरणले देशको शिर झुकाएको बताउनुभयाे ।

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया