पत्रकार खड्काको खोजी गर्न आग्रह

 असोज २२, २०७५ सोमबार १२:१७:१० | विमल बिष्ट
unn.prixa.net

डोटी – बाजुराको बडीमालिका दर्शन गर्न गएका बेला एका एक वेपत्ता भएका पत्रकार तेजबहादुर खड्का (तेजु) को अवस्था डेढ महिना वितिसक्दासमेत अज्ञात रहेको भन्दै नेपाल प्रेस युनियन डोटी शाखा सम्बद्ध पत्रकारहरुले खोजी कार्य फेरि गर्न आग्रह गरेका छन् । 

दिपायल पिपल्ला बजारमा सोमबार बिहान प्रेस युनियनसँग आवद्ध पत्रकारहरुले पत्रकार तेजु खड्का खोइ भन्दै दबाब मुलक र्‍यालीसमेत निकालेका छन् । नेपाल प्रेस युनियन डोटीका संस्थापन अध्यक्षसमेत रहनु भएका तेजु खड्का गएको भदौ ९ गते बडीमालिका मेला हेर्न जानुभएकाे बेलामा हराउनु भएकाे हाे । 

नेपाल प्रेस युनियन डोटी शाखाको चौथो अधिवेशनको अवसरमा डोटीका प्रेस युनियनसँग आवद्ध पत्रकारहरुले तेजु खड्काको खोजीका लागि लागि पर्न सबैमा आग्रह गरेका हुन् । त्यस्तै नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य मिन बम, नेपाल पत्रकार महासंघ बाजुरा डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरलगायत प्रेस युनियनमा आवद्ध पत्रकारहरुले सोमबार बिहान सुदूरपश्चिम पृतनापति उपरथी झंकरबहादुर कडायतसँग भेट गरी अहिलेसम्म भएका प्रयास र अाउँदा दिनमा खोजीगर्न सकिने अवस्थाका बारेमा छलफल भएको पत्रकार मोहन शाहीले बताउनु भयो ।

प्रेस युनियन डोटी साखाका संस्थापक अध्यक्ष हुँदै रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायल केन्द्रीय प्रसारणमासमेत काम गर्नुभएका पत्रकार खड्का केही वर्ष यता बाजुराको रेडियो बुढीनन्दामा कार्यरत हुनुहुन्थ्याे । पत्रकार खड्का हराएको केही दिनदेखि नै स्थानीय स्तरमा नेपाली सेना, नेपाल प्रहरी, स्थानीयले खाेजी गरेपनि फेला परेका छैनन् ।

अन्तिम अपडेट: चैत २३, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया