ओखलढुंगामा जीप दुर्घटना : २ जनाको मृत्यु

 जेठ २४, २०७५ बिहिबार १३:४२:५४ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – काठमाडौंबाट सोलुखुम्बु जाँदै गरेको जीप ओखलढुंगाको मानेभञ्ज्यांगस्थित हर्कपुरमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 

ना १ ज ४९५० नम्बरको चार जना यात्रु सवार रहेको जीप हर्कपुरको भँडारेखोलामा दुई सय मिटर तल खस्दा सुनकोसी गाउँपालिका वडा नं. ५ मूलखर्कका सिंगे तामाङ र कैलीमाया तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताउनुभयो । 

दुर्घटनामा घाइते भएका त्यसै ठाउँका लालबहादुर तामाङ र लोकन्द्र तामाङ गम्भीर घाइते भएका छन् । उनीहरुको घुर्मीस्थित आस्था अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया