साक्षी महाराजले दिए राहुल गान्धीलाई चुनौती : उन्नावबाट चुनाव लडून्, हारे इटाली जाऊन्

 असोज २२, २०७५ सोमबार १४:३३:४१ | एजेन्सी
unn.prixa.net

भारतीय जनता पार्टी(बीजेपी) का सांसद साक्षी महाराजले कांग्रेस अध्यक्ष राहुल गान्धीलाई खुला चुनौती दिएका छन् । 

साक्षी महाराजले राहुल गान्धी आफूसँगै उन्नावबाट चुनाव लड्न आग्रह गर्दै जो हार्छ उसले राजनीति छाड्नु पर्ने बताएका छन् ।

साक्षी महाराजले आजतकसँग कुरा गर्दै भने, ‘राहुल गान्धी उन्नाव आएर चुनाव लडून् । उनलाई खुला च्यालेन्ज भयो । म हारे भने राजनीति छोडिदिन्छु, उनी हारे भने इटाली जाऊन् ।’

साथै साक्षी महाराजले यस पटकको चुनावमा राहुल गान्धी जहाँबाट उठे पनि नजित्ने दावी गरेका छन् ।

साथै राम मन्दिरको मुद्धामा साक्षी महाराज भन्छन्, ‘राम मन्दिर बनिसकेको छ । भलै सानो होस् । अब विश्वको कुनै पनि तागतले मस्जितदको नाममा त्यहाँ एउटा इँटा पनि राख्न सक्दैन ।’

उनले २०१९ को लोकसभा चुनाव अगाडि नै अयोध्यामा राम मन्दिरको निर्माण सुरु हुने बताएका छन् । 

साक्षी महाराज २०१४ को लोकसभा चुनावमा उत्तर प्रदेशको उन्नावबाट सांसदमा निर्वाचित भएका थिए ।  त्यस्तै उनी यसअघि सन् १९९१ मा मथुरा, १९९६ र १९९८ मा फरुख्खाबादबाट लोकसभामा निर्वाचित भएका थिए । 

उनी पटक–पटक आफ्ना विवादित अभिव्यक्तिका कारण चर्चामा आइरहन्छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया