विदेश पुगेपछि भनेको काम र तलब पाउनुभएन ? यसो गर्नुहोस्

 असोज २२, २०७५ सोमबार १४:४४:५१ | उज्यालो सहकर्मी

काठमाडौं – विदेशमा पुगेपछि भनेको काम र तलब पाउनुभएन ? यदी त्यसो भएमा तपाईंले वैदेशिक रोजगार विभागमा काम र तलब फरक भएको प्रमाणसहित निवेदन दिन सक्नुहुन्छ ।

निवेदन दिनका लागि पासपोर्ट र भिसाको प्रतिलिपी, कामका लागि गरिएको सम्झौता पत्र (श्रम सम्झौता), नागरिकताको प्रतिलिपी, आफूले बुझेको तलबको भरपाई, श्रम स्वीकृतीको प्रमाण र सक्भव भएमा आफूूले काम गरेको हाजिरीको अभिलेख आवश्यक पर्छ । 

सम्झौता भन्दा फरक तलब र काम पाएको मितिले एक वर्ष भित्रमा उजुरी गरिसक्न पर्छ । तर तपाईं विदेशमै हुनुहुन्छ भने फर्किएको एक वर्षभित्रमा विभागमा उजुरी दिन सक्नुहुन्छ । 

तपाईं विदेशमै भए तपाईंका आफन्तले पनि विभागमा उजुरी दिन सक्छन् । सम्झौता अनुसार काम र तलब भएन भनेर तपाईँ नै फर्किनुभएको छ भने तपाईँले नै उजुरी दिन सक्नुहुन्छ । 

विदेश जाने बेलामा गरेको सम्झौता अनुसारको काम नपाएमा पठाउने म्यानपावरलाई वैदेशिक रोजगार विभागले एक लाख रुपैयाँ जरिवाना गर्न सक्छ । त्यस्तै सम्झौता भन्दा कम तलब पाएमा नपाएको तलब म्यानपावरले दिनु पर्छ । 

इन्फोग्राफिकमा हेर्नुहोस्

इन्फोग्राफिक स्रोत : सेन्टर फर माइग्रेशन एण्ड इन्टरनेशनल रिलेशन्स
 

अन्तिम अपडेट: चैत १५, २०८०

1 Comments

  • Mahesh singh Ghatal

    Aug. 30, 2019, 5:49 p.m.

    मलाइ होटेल भनेर पठाएको थियो, तर यता होटेल नभयेर लेबर केम्प को मेसमा राखेको छ / मलाइ बेसिक 1200 8घन्टा को भनेको थियो, तर यता नत बेसिक छ नत केहि पुरै महिना काम गरेर जम्मा 1200 दिने गरेको छ ड्युटीको समय नै छैन/ मैले के गर्नु पर्यो प्लिज मलाइ मदत गर्नु न ......

  •  0 Reply

तपाईको प्रतिक्रिया