नेकपाका सांसदले सोधे : मुख्यमन्त्रीले कतै आईएसको इशारामा मदरसा शिक्षा बोर्ड ल्याएका हैनन् ?

 असोज २२, २०७५ सोमबार १७:६:१८ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – मुस्लिम समुदायका बालबालिका पढ्नका लागि प्रदेश २ सरकारले प्रदेशसभामा पेश गरेको मदरसा शिक्षा बोड गठन सम्बन्धी विधेयकप्रति नेकपाका सांसदहरुले आलोचना गरेका छन् ।

सोमबार बसेको प्रदेशसभा बैठकमा नेकपाका  प्रदेशसभा सांसद जगत यादवले मुस्लिम शिक्षा बोर्ड गठन गरेर मुख्यमन्त्री राउतले आंतकावाद ल्याउन खोजेको आरोप लगाउनुभएको छ ।

मदरसाशिक्षा बोर्ड गठन सम्बन्धी विधेयकप्रति छलफलको क्रममा सांसद यादवले कुनै खास धर्म, सम्प्रदायका लागि ल्याइएको शिक्षा आफूलाई मान्य नहुने बताउनुभयो । ‘कुनै खास धर्म सम्प्रदायका लागि पनि शिक्षा ल्याइन्छ ?’, सांसद यादवले भन्नुभयो, ‘मुख्यमन्त्रीले कतै आतंकवादी संस्था ‘आईएस’को इशारामा मदरसा शिक्षा बोर्ड ल्याएका हैनन् ?’

यस्तै नेकपा प्रदेशसभा सदस्य मन्जु यादवले उक्त बोर्ड गठन गर्नुको आवश्यक्ता किन रहेको भन्दै पश्न गर्नुभयो । ‘आखिरमा यो बोर्ड गठन गनु जरुरी किन ?’, उहाँले भन्नुभयो, ‘मुस्लिम बालबालिकालाई विद्यालय जान के ले छेकेको छ ? सरकारले अहिले पनि महिला तथा बालिकाहरुलाई बुर्का लगाउन बढाबा दिइरहेछ ।’

प्रदेशसभा बैठकमा राजपाका प्रदेशसभा सदस्य उपेन्द्र महतोले प्रदेशसभा कार्यालय व्यवस्थापनका लागि केन्द्र सरकारले उपलब्ध गराएको पैसाले नपुगेकाले खरिद गरिएकोे र अन्य समान आहिलेसम्म उधारो अवस्थामा रहेकाले संसदीय समिती निर्माण गरी छानबिन गर्न माग गर्नुभयो ।

मुख्यमन्त्रीको तर्फबाट सांदहरुको प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले मदरसा बोर्ड गठन सम्बन्धी विधेयकमाथि व्यापक छलफलको आवश्यक्ता रहेको भन्दै समिति गठन गरी आवश्यकक्ता अनुसार संशोधन समेत गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

4 Comments

  • मक्सुद शेख

    Oct. 11, 2018, 8:54 p.m.

    यो नेताहरू लाई नेपालीको संविधान पढ्न जरुरी छ स्वतन्त्रताको बरेमा ।यो कुनै पार्टी को नितिले बोलेको छैन ।उहाहरु जातीय भेदभाव को कारणले मुस्किल धार्मिक शिक्षा लाई र मुस्लिम सामाज लाई दबाउनु खोजे छ ।

  •  0 Reply
  • माेहम्मद जाकिर हुसैन

    Oct. 9, 2018, 7:17 p.m.

    मैले संसदमा बाेलेकाे क्लिप हेरेकाे छैन । यस समाचारमा जुन सामग्री छापिएकाे छ, यदि २ नं. प्रदेशकाे संसदमा यस्तै भएकाे रहेछ भने म यसकाे घाेर भर्त्सना गर्छु । कुनै पनि सांसदले अभिव्यक्ति स्वतन्त्रताकाे खयाल गर्नुपर्छ । मुस्लिम समुदायकाे मद्रसा शिक्षा प्रणालीकाे बारेमा गहन अध्ययन नगरी गरिमामय संसदमा अनावश्यक सवाल खडा गर्ने सांसदलाई निवेदन गर्दछु, तपाईं पहिले कमसेकम नेपाललगायत छिमेकी मुुुुलुक भारतकै मद्रसा शिक्षा प्रणाली र त्यहाँका प्रान्तीय मद्रसा बाेर्डहरूकाे अध्ययन गर्नुस् । मद्रसाकाे भूमिका र त्यसकाे ऐतिहासिक स्ट्रेन्थ बुझ्नु्स्, त्यसकाे अाकार र प्रभाव क्षेत्रकाे जानकारी लिनुस्, मुस्लिम समाजकाे राष्ट्रिय र अन्तर्राष्ट्रिय सामाजिक संरचना र अभ्यास र खास गरी मद्रसा परम्पराकाे घनिभूत अध्ययन गर्नुस् । यहाँ कुरा धर्मसँग मात्र जाेडिएकाे छैन । सामाजिक जीवनमा मुस्लिम समाजमा मद्रसा शिक्षा अभिन्न अंग हाे । यसकाे एउटा पनि खराबी तपाईंले पहिल्याउन सक्नुु हुन्न । यसरी साम्प्रदायिक ढंगले प्रस्तुत भई मुख्यमन्त्रीलाई लक्षित गरेर उनकाे राजनीतिक क्यारियर धमिल्याउने र इतिहासमा कलंकित गर्ने काम बन्द गर्नुस् । हामी पनि कम्युनिष्ट पार्टीमै काम गर्छाैं । मार्क्सवाद दर्शन हामीले पनि पढेका छाैं । नेपाल र मधेशकाे सांस्कृतिक संरचना हामीले पनि बुझेका छाैं । म मेेराेे पार्टी नेतृत्व र २ नं. प्रदेशकाे संसदीय दललाई अनुराेध गर्दछुु- पार्टीलाई नै बदनाम गराउने कार्य हाम्रैै सांंसद ज्यूहरूबाट नहाेस् ।

  •  0 Reply
  • Mudassir khan

    Oct. 9, 2018, 4:18 p.m.

    संविधानमा सबैले आफ्नो मात्र भाषामा पढ्न पाउने अधिकार छ/ त्यसको मान्यता कसले दिन्छ ? मान्यता दिन पर्यो नि /

  •  0 Reply
  • Lila Nath Pageni

    Oct. 8, 2018, 5:35 p.m.

    यो बिधयक ल्याउनु साच्चिकै नेपाल जस्तो प्रजातान्त्रिक मुलुक जहाँ सबैले अधिकार पायकै छन ।त्यसैले त्यस्तो किसिमको छुट्टै मदरसा बिधयक ल्याउनु उग्रबादी भित्र्याउन सहयोग पुर्याउनु हो।

  •  0 Reply

तपाईको प्रतिक्रिया