तनुश्री दत्ताको आरोपबारे बोले नाना पाटेकर : १० वर्षअघि जे सत्य थियो, अहिले पनि त्यही सत्य छ

 असोज २२, २०७५ सोमबार १९:४८:३९ | एजेन्सी
unn.prixa.net

नाना पाटेकरले फेरि एक पटक सन् २००८ मा एउटा फिल्मको सेटमा अभिनेत्री तनुश्री दत्तमाथि आफूले कुनै प्रकारको यौन दुर्व्यवहार नगरेको स्पष्ट पारेका छन् ।

नाना पाटेकरले तनुश्री दत्तको आरोप निराधार र झुट भएको बताएका छन् । तनुश्रीले हालै एउटा साक्षात्कार कार्यक्रममा ‘हर्न ओके प्लिज’ को एउटा गीतका शुटिङका बेला नाना पाटेकरले आफूमाथि दुर्व्यवहार गरेको बताएकी थिइन् । 

पीटीआईका अनुसार सोबार पत्रकारहरुसँग कुरा गर्दै नाना पाटेकरले भनेँ, ‘मैले १० वर्षअघि भनेको थिएँ । त्यतिबेला जे सत्य थियो, अहिले पनि त्यही नै सत्य रहनेछ ।’

केही समयअघि नाना पाटेकरका वकीलले गलत आरोप लगाएको बताउँदै तनुश्री दत्ता कानुनी नोटिस पठाएका थिए । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया