शिलान्यास भएको २७ महिना पछि विमानस्थलको सर्भे

 असोज २३, २०७५ मंगलबार ७:८:५८ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – सन्धिखर्कमा निर्माण हुने अर्घाभगवति  विमानस्थलको शिलान्यास भएको २७ महिना पछि ड्रोन क्यामेरामार्फत सर्भे सुरु गरिएको छ । 

शिलान्यास  भएपछि विमानस्थल क्षेत्रमा भएका रुखहरु काटिएका छन् । रुखहरु काटिएपछि विस्तृतमा ड्रोन क्यामेरामार्फत सर्भे सुरु गरिएको हो । पूर्वउपप्रधान मन्त्री टोपबहादुर रायमाझीले निर्माणाधीन अर्घाभगवति विमानस्थललाई छिट्टै सम्पन्न गर्न आफू लागि परेकोे बताउनु भएको छ ।

सन्धिखर्क नगरपालिका  वडा नं १० धरम्पानीको शिखरबार्नीमा निर्माण हुन लागेको विमानस्थलको २०७३ साल असार १३ गते तत्कालीन नेपाल सरकारका उपप्रधान तथा उर्जामन्त्री टोप बहादुर रायमाझिले शिलान्यास गर्नुभएको थियो ।

शिलान्यास कार्यक्रममा तत्कालीन उपप्रधानमन्त्री टोप बहादुर रायमाझिसहित नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास मोहिमोया पनि उपस्थित थिए । नगारिक उड्डयन प्राधिकरणले काम गर्न ढिला गरेपछि विमानस्थल बन्ने नबन्नेमा जिल्लाबासीन्दाहरु शसंकित भएका छन् ।

विमानस्थल बन्छ र छिटो छरितो यात्रा गर्न पाइएला भनेर आश गरेर बसेका अर्घाखाँचीका स्थानीयहरु अब विमानस्थल नबन्ने त हैन भनेर चिन्ता ब्यक्त गर्न सुरु गरिसकेका छन् । रुख कटान सुरु भएपछि अब ढिलै भए पनि विमानस्थल बन्छ कि भन्नेमा स्थानीय तथा जिल्लाबासीन्दाले आशा गर्न थालेका थिए । तर बल्ल सर्भे सुरु हुन थालेपछि त्यो आशा पनि निराशामा परिणत हुन थालेको छ । 


 

अन्तिम अपडेट: बैशाख ३, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया