मोउरिन्हो प्रशिक्षकमा कायमै रहे १० खेलाडीले क्लब छोड्ने

 असोज २३, २०७५ मंगलबार १०:४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

म्यानचेस्टर युनाईटेडमा अधिकांस खेलाडीले यदि जोजे माउरिन्हो क्लबको प्रशिक्षकमा कायमै रहे टिमबाट बाहिरिने धम्की दिएका छन् ।

भैरहेको लिगमा खराब फर्ममा गुर्जिरहेको म्यान यु मा मोउरिन्हो प्रशिक्षकमा कायमै रहेमा १० खेलाडीले क्लव छोड्ने मनसाय बनाएको बताइएको छ । न्युक्यासल विरुद्ध अन्तिम समयमा जित निकालेको म्यान यु को प्रिमियर लिगका आगामी खेल झन् कठीन रहेका छन् ।

यता क्लबमा खेलाडी र प्रशिक्षकबीच मतभेद बढिरहेको छ, जसका कारण क्लवको म्यानेजमेन्टलाई टाउको दुखाई बनिरहेको छ । खेलाडीले क्लब छोड्ने सूचिमा पहिलो नम्बरमा पाउल पोग्वा छन, ८९ मिलियन पाउण्डमा क्लबमा भित्र्याएको म्यान यू छोड्न उनी आतुर देखिएका छन् । 

यस्तै लुकी स पनि मोउरिन्हो प्रशिक्षक हुँदासम्म नयाँ सम्झौता नगर्ने बताएका छन् । उनको सम्झौता चाँडै सकिँदैछ । यस्तै एन्टोइन मार्सियलले पनि नयाँ सम्झौता गर्न आनाकानी गरिरहेका छन् । गोलकिपर डेविडले पनि मोउरिन्हो क्लबको प्रशिक्षक हुँदासम्म नयाँ सम्झौता नगर्ने बताएका छन् । यस्तै कप्तान एन्टोनीयो भालेन्सियाले पनि आफु टिममा बस्न इच्छुक नभएको बताएका छन् ।

यस्तै प्लेमेर जुवान माटाले पनि यो सिजन आफ्ना लागि वल्र्ड ट्राफोर्ड अन्तिम हुनसक्ने बताएका छन् ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया