हङ्कङ ओपनको क्वार्टरफाइनलमा कर्नेट र कुकोभा

 असोज २३, २०७५ मंगलबार १२:१९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फ्रान्सकी एलाइज कर्नेट र सर्वियाकी क्रिस्टिना कुकोभा हङ्कङ ओपन टेनिसको क्वार्टर फाइनलमा पुगेका छन् ।

फ्रान्सकी इजरायलकी जुलिसा ग्लुश्कोलाई २–० को साझो सेटमा हराउँदै कर्नेटले अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरिन् । आठौं वरियताकी कर्नेटले वरियताविहीन ग्लुश्कोलाई ६–१ र ६–२ को सोझो सेटमा पाखा लगाइन् । यस्तै सर्वियाकी क्रिष्टिना कुकोभा पनि क्वाटर फाइनलमा पुगिन् ।

प्रिक्वार्टर फाइनलमा कुकोभालो ल्याट्भियाकी एलेना ओस्टापेङ्कोलाई २–१ को प्रतिष्पर्धात्मक सेटमा पाखा लगाइन् । तेस्रो वरियताकी ओस्टापेङ्कोले पहिलो सेट ५–७ ले जितेकी थिइन् । तर पछिल्लो दुई सेटमा कमब्याक गर्दै कुकोभाले ६–३ र ६–२ को जित निकालिन् ।

चीनकी झेङ साइसाई पनि क्वार्टर फाइनलमा पुग्न सफल भएकी छिन् । क्वार्टर फाइनलमा पुग्नका लागि साइसाईले सर्वियाकी अलेक्सजेन्द्रा क्रुनिचलाई २–० को सहज सेटमा हराइन् । पहिलो सेट ६–१ ले जितेकी साइसाईले दोस्रो सेट ६–३ ले आफ्नो पक्षमा पारिन् । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया