विशाक्त रक्सीले ज्यान गुमाएका १३ जनाको सम्झनामा मलेसियामा शोकसभा

 असोज २३, २०७५ मंगलबार १५:५६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – विषाक्त रक्सी खाँदा ज्यान गुमाएको सम्झनामा नेपाली दूतावास मलेसियाले असोज २६ गते शोकसभा आयोजना गर्ने भएको छ । 

क्वाललाम्पुरमा रहेको नेपाली दूतावासमा दिउँसो २ बजेदेखि श्रद्धाञ्जली सभा कार्यक्रम सुरु हुनेछ । रक्सीका कारण मलेसियामा १३ जना नेपालीले ज्यान गुमाएका छन् ।

विषाक्त रक्सीका कारण इलामका विमल कार्की, सर्लाहीका शेरबहादुर ठकुरी, ठेगाना नखुलेका शुकुबल घिसिङ, नवलपरासीका दुर्गा सिंह राना, धादिङका मिमबहादुर घले, रुपन्देहीका रामकुमार यादव, डढेलधुराका विशाल बुढाथोकी, सुनसरीका सञ्जय उराव, इलाम सिद्धिथुम्काका बलबहादुर कुलुङ र सर्लाहीका आइतसिंह गोलेको ज्यान गएको हो । अन्य तीन जनाको परिचय खुलेको छैन । 

‘..श्रद्धाञ्जली अर्पण गर्नको निमित्त शोकसभामा सहभागी हुन मलेसियामा रहेका सम्बन्धित नेपाली दाजुभाइ, दिदीबहिनी, नेपालीको सामुदायिक संघसंस्थाहरुका प्रतिनिधि सबैमा हार्दिक अनुरोध गर्दछ,’ दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।  
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया