परदेशी र परिवारलाई समेटेर सिराहमा आप्रवासी कामदार हकहित केन्द्र गठन

 असोज २३, २०७५ मंगलबार १६:४९:४८

सिराह – सुरक्षित वैदेशिक रोजगारीका लागि सिराहमा विदेशबाट फर्किएका र विदेशमै हुनेका परिवारलाई समेटेर आप्रवासी कामदार हकहित संरक्षण केन्द्र गठन भएको छ । 

सिराहका सबै गाउँपालिका र नगरपालिकाका ५० जना भन्दा धेरै आप्रवासीको उपस्थितीमा वैदेशिक रोजगारीलाई कसरी सुरक्षित बनाउने भन्ने विषयमा जनचेतनामुलक कार्यक्रमको आयोजना गर्दै शत्रुघ्न महतोकाे अध्यक्षतामा ११ जना कार्यसमिति गठन भएको हो ।

विदेश जाने कामदार ठगीमा पर्ने, विभिन्न समस्यामा पर्ने, मृत्यु हुने जस्ता समस्या कम नभएको भन्दै विदेश जाने र उनीहरुका परिवारलाई स्थानीयस्तरबाटै तत्काल न्याय दिलाउने उद्देश्यले संरक्षण केन्द्रको गठन गरिएकाे नवनिर्वाचित अध्यक्ष महतोले  बताउनुभयो ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया