काठमाडाैं ७ का सांसद रामवीर मानन्धरले दिए राजीनामा,बामदेवलार्इ बाटाे खुल्याे

 असोज २३, २०७५ मंगलबार १७:१६:१ | नवराज फुयाँल
unn.prixa.net

काठमाडौं – काठमाडाैं ७ का नेकपाका सांसद रामवीर मानन्धरले पार्टीसमक्ष राजीनामा  दिएको घोषणा गर्नुभएको छ । 

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दैै मानन्धरले आफूले पार्टीसमक्ष राजीनामा पेश गरेको र पार्टी कमिटीले छिट्टै राजीनामा स्वीकृत गर्ने बताउनुभयो ।

पत्रकारहरुको प्रश्नको उत्तर दिँदै सांसद मानन्धरले बामदेव गौतम पार्टीका लागि लामो त्याग गरेका र आफूजस्तो फुत्त राजनीतिमा आएको व्यक्ति नभएको भनी बामदेव गौतमको प्रशंसा गर्नुभयो ।

देशमा शान्ति र समृद्धि आवश्यक भएकोले पार्टीले निर्णय गरे अनुसार आफू वामदेवका लागि निशर्त पद छोड्न तयार भएको पनि उहाँले बताउनुभयो । 

गएकाे मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनावमा मानन्धर काठमाडौं ७ बाट विजयी हुनु भएको थियो । उहाँले पछिल्लो निर्वाचनमा १८ हजार १ सय २ मत प्राप्त गरी विजयी हुनुभएकाे थियाे ।

उहाँले अाफ्ना निकटतम प्रतिस्पर्धी राप्रपाका बिक्रम थापालार्इ ८ हजार भन्दा बढी मतले पराजित गर्नुभएकाे थियाे ।

आफूले कसैको दबाबमा नभर्इ स्वेच्छिक रुपमा राजीनामा दिएको पनि प्रस्ट पार्नुभयो । ‘मैले कसैको दबाबमा आएर राजीनामा दिन लागेको होइन,` उहाँले भन्नुभयो, ‘मैले आफैंले नेता वामदेव गौतमलाइ मेरो क्षेत्रबाट चुनाव लड्न प्रस्ताव गरेको हुँ ।’

पार्टीकै सचिवालय सदस्य वामदेव गौतमले प्रतिनिधिसभा सदस्य बन्ने इच्छा गरेपछि मानन्धरले राजीनामा दिएका हुन् । 'पार्टीलाइ गौतम जस्तो अनुभवी नेताको खाँचो छ, उहाँले भन्नुभयो, गौतम मजस्तो फुत्त आएका नेता हाेइनन् ।’

पत्रकार सम्मेलनमा मानन्धरले पार्टी एकता गर्न भूमिका खेलेको नेता भएकाले पनि वामदेवलाई संसदमा ल्याउनु आवश्यक ठानेरै अाफूले राजीनामा दिएको बताउनुभयाे ।  ‘गौतम सांसदमा आउनुभयो भने पार्टीलाइ काम गर्न पनि सहज हुने भएर मैले राजीनामा दिएको हुँ’ , उहाँले बताउनुभयो ।

पार्टीले गर्ने निर्णयमा नै आफू चल्ने भन्दै उहाँले पार्टीले दिने जिम्मेवारी लिन तयार रहेको बताउनु भयो । ‘पार्टीले राष्ट्रियसभा सदस्य वा मन्त्री पनि बनाउन सक्ला तर त्यो पार्टीको कुरा हो, उहाँले भन्नुभयो ।

गौतमले केही महिनायता आफूलाई सांसद बनाउन पार्टीको सचिवालय बैठकमा निरन्तर छलफल गराइरहनु भएको थियो । गौतम ग

एकाे चुनावमा बर्दिया-१ बाट पराजित हुनुभएको थियो । उहाँ कांग्रेसका सञ्जयकुमार गौतमसँग ७ सयभन्दा बढी मतले पराजित हुनु भएको थियो । तर अन्तर्घातका कारण आफू पराजित हुनु परेको गौतमले बताउँदै आउनु भएको छ ।

गौतमले यसअघि डोल्पाबाट सांसद बन्ने प्रयास गर्नुभएको थियो । तर त्यहाँबाट विजयी सांसद धनबहादुर बुढालाई कार्यकर्ताले राजीनामा नगर्न दबाब दिएपछि गौतमले अन्य क्षेत्रको खाेजी गरिरहनु भएको थियो । त्यसपछि पनि उहाँले दैलेख, बाँके लगायतका कुनै जिल्लाबाट चुनाव जितेर सांसद बन्ने प्रयास गरिरहनु भएको थियो ।

अब काठमाण्डौ ७ बाट मानन्धरले राजीनामा दिएसँगै बामदेवका लागि सांसद बन्ने बाटो खुलेको छ । मानन्धरको राजीनामा संसदबाट स्वीकृत भएपछि काठमाण्डौ ७ मा निर्वाचन आयोगले उपनिर्वाचन गराउने छ । उपनिर्वाचनमा विजयी भए मात्रै गौतम सांसद हुन पाउनु हुनेछ ।

पराजित हुन पुगे गौतमको सांसद बन्ने अभिलाषा पूरा हुने छैन ।

अन्तिम अपडेट: चैत १२, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

3 Comments

  • ज्योति आचार्य

    Oct. 11, 2018, 3:24 a.m.

    बामदेव को सत्ता मोह र नेकपाको लाचारी जनता विरुद्धको क्रान्ति हो, १३-१४ वटा निर्वाचन छेत्र खोजेर काठमाडौं ७ पुग्न लागेछन्। काठमाडौं त्यो छेत्र हो जसले बहालवाला प्रम हराएर मदन जिताको हो, झक्कू जिताएर माधव हराको हो अनि राजन् आउ पर्चन्ड जाउ पनि भन्या हो। माननिय ज्यू जनता विरुद्ध को क्रांति महँगो पर्ला, धैर्यता गर्न सिक्नूस्।

  •  0 Reply
  • झल थापा

    Oct. 10, 2018, 7:47 a.m.

    यहि हो देश र जनताको सेवा र नेपालमा यिनको लागी मात्रै हो रैछ गणतन्त्र अनि बामपंथी । अनि यिनिकै खोल ओढ्ने झोलेहरु यिनिकै बिश्वास र ताली पिट्छ्न । हालसम्म सत्तामा रमाएका कुनै पनिको पार्टीको बिचार राख्नेले बिचार गरौ देश कता लादैछ्न । अब सबैले बिचार गर्नपर्ने दिन आएको छ। जाबो एउटा बलात्कारको घटनाको दोषीलाई लापरबाही गर्नेलाई कारवाहिको कडा भन्दा कडा निर्देशन दिन नसक्ने गृहमन्त्री आई जि पि प्रधानमन्त्री पुलिस प्रशासन यी रमितेहरु । जाबो एउटा बलात्कारीलाई समात सरकार भन्दै देशैभरी आन्दोलन बिरोध गर्नुपर्ने । तर पनि सरकारि निकाय सुतिरहेको छ ।

  •  0 Reply
  • John lamba

    Oct. 10, 2018, 4:43 a.m.

    Do you think that voters are your skate?

  •  0 Reply

तपाईको प्रतिक्रिया