बलात्कारको मुद्दा ब्यूँतिएपछि वकिल भेट्न पोर्चुगल गए रोनाल्डो

 असोज २३, २०७५ मंगलबार १७:२८:११ | एजेन्सी
unn.prixa.net

नौ वर्षअघिको बलात्कार प्रकरणको मुद्धा फेरि उठेपछि क्रिष्टियानो रोनाल्डो आफ्ना वकीललाई भेट्न पोर्चुगलको राजधानी पुगेका छन् ।

इटालियन सिरी ए अन्तर्गतको खेल सकेलगत्तै रोनाल्डो लिस्बन गएका हुन् । लिस्बनको एक रेस्टुरेन्टमा रोनाल्डोले ‘सहयोगी’ प्रेमिकासँग समय बिताएका छन् ।

सन् २००९ मा अमेरिकाको लास भेगासको एक होटलमा आफूमाथि बलात्कार भएको भन्दै अमेरिकी मोडल क्याथरिन मायोर्गाले उजुरी दिएपछि यो प्रकरणलाई फेरि ब्यूँत्याइएको छ । त्यसको प्रतिरक्षाका लागि रोनाल्डोले तयारी सुरु गरेको बुझिएको छ ।

पोर्चुगलका एक पत्रिकाले रोनाल्डो मुद्धाको प्रतिरक्षामा दृढ रहेको जनाएको छ । ३३ वर्षीय रोनाल्डोको यो अभियानमा उनकी आमा डोलोरेस र बहिनी केटियाले पनि सहयोग गरिरहेका छन् । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया