सांसद हसिना खानद्वारा शपथ ग्रहण
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौं – चिनी उत्पादक संघले पाँच दिनभित्र किसानहरुको बक्यौता रकम तिर्न सरकारले दिएको निर्देशनप्रति आपत्ति जनाएको छ ।
चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले पाँच दिनभित्र किसानहरुको बक्यौता रकम तिर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएको निर्देशनप्रति आपत्ति जनाउनु भएको हो ।
सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिको मंगलबार बसेको बैठकमा उहाँले चिनीको बक्यौता रकम तिर्न सरकारले आफूहरुको गोदाममा थन्किएर बसेको चिनी साल्ट ट्रडिङमार्फत् खरिद गर्ने व्यवस्था गर्नुपर्ने शर्त पनि अघि सार्नुभयो ।
अध्यक्ष अग्रवालले २५ प्रतिशत चिनी बिक्री हुँदा आफूहरुले किसानहरुलाई ६२ प्रतिशत भुक्तानी गर्दा पनि सरकार र संसदीय समितिले असन्तुष्टि जनाएकोमा पनि आपत्ति जनाउनुभयो ।
किसानहरुको १ अर्ब ५० करोड बक्यौता रकम तिहारपछि मात्रै तिर्ने गरी गरिएको सहमति पनि सरकारले तोडेको अध्यक्ष अग्रवालको आरोप छ ।
संघले चिनीको मूल्य वृद्धि नभएको दावी पनि गरेको छ । गएको वर्ष प्रतिकेजी ६३ रुपैयाँमा बिक्री गरिएको चिनीको मूल्य यसवर्ष ५७ रुपैयाँ कायम गर्दा पनि विरोध गरिएको अध्यक्ष अग्रवालको गुनासो छ ।
अध्यक्ष अग्रवालले अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य सस्तोभएकाले स्वदेशी उद्योगलाई जोगाउन आफूहरुले केही समयका लागि सरकारलाई चिनीको आयातमा प्रतिबन्ध गराउन आग्रह गर्नु परेको पनि समितिलाई स्पष्टिकरण दिनुभयो ।
बैठकमा उपसमितिका सदस्यहरुले चिनीको मूल्य किन बढाएको भन्दै चिनी उत्पादकहरुको चर्को आलोचना गर्नु भएको थियो ।