टि–२० विश्वकप छनोटमा नेपालले अाज चीनसँग खेल्ने

 असोज २४, २०७५ बुधबार ७:३७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी टि–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट प्रतियोगिता अन्तर्गत अाज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ ।

मलेसियाको बायुमास ओभल मैदानमा खेल नेपाली समय अनुसार बिहान पौने आठ बजे सुरु भएको छ । लगातार चार जित हात पार्दै नेपालले समूहको शीर्ष स्थानमा छ ।

उत्कृष्ट रनरेट आत्मसाथ गर्दै नेपालले एसिया नेपालले दुई खेलअघि नै दोस्रो चरणको सिट सुरक्षित गरिसकेको छ । एसिया उपक्षेत्रीय छनोट प्रतियोगिताको च्याम्पियन बन्दै दोस्रो चरणको छनोट खेल्ने लक्ष्य लिएको नेपालले चीनलाई हराएको खण्डमा च्याम्पियन बन्ने सम्भावना रहनेछ ।

समूहमा नेपालसँगै सिंगापुरको पनि समान आठ अंक छ । तर रनरेटमा पछि रहँदै सिंगापुर दोस्रो स्थानमा छ । नेपालले अन्तिम खेलमा सि‌ंगापुरसँग खेल्न बाँकी छ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया