चीनले नेपाललाई दियो मात्रै २७ रनको लक्ष्य

 असोज २४, २०७५ बुधबार ८:४०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी टि–२० विश्वकप एसिया उपक्षेत्रिय छनोट प्रतियोगितामा चीनले नेपाललाई २७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गर्न आएको चीन १३ ओभरमा २६ रन बनाउँदै अल आउट भयो ।

नेपालका सन्दीप लामिछाने र बसन्त रेग्मी र ललित नारायाण राजबंशीले समान ३–३ विकेट लिए । एक जना ब्याट्सम्यानभने रन आउट भएका थिए । बसन्त र सन्दीपले ४ ओभरको स्पेल पूरा गरेका थिए । जसमा सन्दीपले ३ विकेट लिँदा ४ रन खर्चिए । यसैगरी बसन्त रेग्मीले ५ रन खर्चिएका थिए । ललितले ३ ओभरमा १२ रन दिएका थिए । 

पहिलो विकेट ६ रन हुँदा गुमाएको चीनले दोस्रो विकेट २१ रनमा गुमाएको थियो । तर २१ रनहुँदा हुँदा चीनले थप ४ वटा विकेट गुमाएको थियो । २५ रन हुँदा चीनले सातौ विकेट गुमायो । २६ रन हुँदा  चीनले आठाैँ विकेट गुमाएको थियो । २६रनकै स्कोरमा ललित राजबंशीले नेपाललाई नवौँ र दशौं सफलता दिलाएका थिए । 

चीनका होङजियान याङले सर्वाधिक ११ रन जोड्नु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । दोस्रो ठूलो रन डेन्जिमाले ५ रन जोडेका थिए । यसैगरी चेनजिङ फिनले १ रन बनाए ।  चीनका अरु ब्याट्सम्यान शून्य रनमा आउट भए ।
 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया