बामदेवको लागि चुनाव गराउनु अनिष्टको संकेत : बाबुराम भट्टराई

 असोज २४, २०७५ बुधबार ११:३९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बर्दियाबाट पराजित बामदेव गौतमका लागि काठमाडौं ७ मा उपचुनाव गराउनु चरम राजनीतिक अनिष्टको संकेत भएको टिप्पणी गर्नुभएको छ । बुधबार ट्वीटमार्फत उहाँले यसलाई लोकतन्त्रको भ्रष्टीकरण समेत भन्नुभएको छ ।

ट्वीटरमा उहाँले लेख्नुभएको छ, ‘काठमाडौं ७ का निर्वाचित सांसदलाई राजीनामा गराएर बर्दियाबाट हारेका वामदेव गौतमलाई संसदमा पुर्याउन अर्को खर्चिलो चुनाव गराउनु लोकतन्त्रको भ्रष्टीकरण र आगामी दिनमा चरम राजनीतिक अनिष्टताको संकेत हो । बेलैमा होस पुर्‍याऔं !’

नेकपाले काठमाडौं ७ बाट निर्वाचित सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर त्यहाँ उपनिर्वाचन गराउने र नेता गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको छ । यसअनुसार मानन्धरले राजीनामाको घोषणा समेत गरिसक्नुभएको छ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • केदार पोखरेल

    Oct. 10, 2018, 1:06 p.m.

    प्रधानमन्त्री फेर्नको लागि होला।

  •  0 Reply

तपाईको प्रतिक्रिया