आमिरको घर अबेर राति किन गइन् दीपिका पादुकोण ?

 असोज २४, २०७५ बुधबार १२:४०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

लामो समयदेखि अभिनेत्री दीपिका पादुकोण आमिर खानको फिल्म ‘महाभारत’ मा द्रौपदीको भूमिका निर्वाह गर्ने खबर आइरहेको छ । यसैबीच सोमबार अबेर राति दीपिका पादुकोण आमिर खानलाई भेट्न उनको घर गएको खबर यतिबेला चर्चाको विषय बनेको छ । 

दीपिका पादुकोणका साथ निर्देशक विक्रमादित्य मोटवानी र सिद्धार्थ रोय कपूर पनि आमिर खानको घर गएका थिए । अहिले यि तीनैजना आमिरको घर गएको खबरलाई विभिन्न अड्कलहरु गरिन थालिएको छ । दीपिका आमिरका साथ अब आउने फिल्मको विषयमा कुराकानी गर्न गएको हुन सक्ने पनि बताइएको छ तर आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ नोभेम्बर ८ मा प्रर्दशन हुने भएकाले यस कुराको आधिकारीक घोषणा केही समय पछि मात्रै गरिनेछ ।

अहिलेसम्म दीपिका पादुकोण र आमिर खान एकसाथ फिल्ममा काम गरेका छैनन् । यदी दीपिकाले ‘महाभारत’ मा काम गर्ने भएमा आमिर र दीपिकाका फ्यानहरुलाई यो निकै उत्साहजनक हुनेछ । फिल्म ‘महाभारत’ आमिर खानको प्रोडक्शन हाउसमा बन्न लागेको छ । 

यो फिल्म एक हजार करोड रुपैयाँको लगानीमा बन्नेछ । आमिर खान र चाइनिज कम्पनी मिलेर यस फिल्मको निर्माण गर्ने तयारीमा छन् । आमिर र चाइनिज कम्पनी मिलेर फिल्म ‘महाभारत’लाई हलिउडको ‘लर्ड अफ द रिङ्ग’ वा ‘गेम अफ थ्रोन’ को जस्तै भव्य रुपमा निमार्ण गरिने निर्णय गरेका छन् । फिल्म ‘महाभारत’ ५ वर्षमा ५ भागमा देखाइनेछ । 

केही समय अघि सार्वजनिक खबरहरुका अनुसार अभिनेता आमिर खानले बाहुबली स्टार प्रभासलाई कृष्णको भूमिकाको लागि प्रस्ताव राखेका थिए । आमिर आफू भने कुन भूमिकामा अभिनय गर्ने भन्ने अलमलमा छन् । आमिरले सुरुमा कृष्णको भूमिकाको लागि रुची राखे पनि पछि उनी कर्णको भूमिकामा अभिनय गर्न सक्ने चर्चा रहेको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया