पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु

 असोज २४, २०७५ बुधबार १८:३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखराको विन्ध्यवासिनी मन्दिरमा आजदेखि नवदुर्गा महोत्सव सुरु भएको छ । 

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा महोत्सव महानवमीको दिनसम्म सञ्चालन हुनेछ । 

महोत्सवको शुभारम्भ छि विन्ध्यवासिनी मन्दिरवाट नवदुर्गाका नौ रुपको झाँकी, एकसय आठ कलससहितको नवदुर्गा शोभायात्रा निकालिएको थियो । 

विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै जातीय सद्भाव तथा धार्मिक पर्यटनको विकासमा टेवा पुग्याउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको समितिका सदस्य सचिव तीर्थ श्रेष्ठले बताउनुभयो । 

३ सय ६५ वर्षको इतिहास बोकेको मन्दिरमा कास्कीको साथै अन्य जिल्लाहरुबाट दर्शनार्थीहरु आउने गर्दछन् । 

पोखरा आउने विदेशी पर्यटकमध्ये झण्डै एक लाख पर्यटक बसेर्नि विन्ध्यवासिनी मन्दिर जाने गर्दछन् । नर्वदुर्गाको अवसरमा पोखराका कास्की कालिका, तालबाराही, भद्रकाली, अकला देवीलगायतका मन्दिरमा भक्तजनको घुइँचो लाग्नेगर्छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया