काठमाडौं क्षेत्र नम्बर ७ मा पार्टीको सिटै गुम्ने गरी उपचुनाव हुँदैन : अध्यक्ष प्रचण्ड

 असोज २४, २०७५ बुधबार १८:२५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं क्षेत्र नम्बर ७ मा उपचुनाव हुने विषयमा पार्टीमा निर्णय हुन बाँकी रहेको बताउनु भएको छ । 

सांसद रामवीर मानन्धरले राजीनामा दिएर नेता वामदेव गौतमलाई चुनावमा लडाउने चर्चा भैरहेका बेला अध्यक्ष दाहालले त्यससम्बन्धमा पार्टीभित्र निर्णय भैनसकेको प्रष्टयाउनु भएको हो । 

अध्यक्ष दाहालले काठमाडौं क्षेत्र नम्बर ७ मा पार्टीको सिट गुम्ने गरी उपचुनाव नहुने भन्दै पार्टीका नेता, कार्यकर्तालाई ढुक्क हुन पनि आग्रह गर्नुभयो । बुधबार दसैँको अवसर पारेर काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई पाँच वर्षसम्म शासन गर्न कुनै व्यवधान नरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले पार्टी र सरकारको कामलाई समीक्षा गर्दै अगाडि बढाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले मुलुकमा लगानीको वातावरण बनाउन आवश्यक ऐन, कानुन, नीति बनाउन पनि सरकारलाई आग्रह गर्नुभयो । 
    

अन्तिम अपडेट: बैशाख ३, २०८१

3 Comments

  • Nirmal baral

    Oct. 11, 2018, 4:55 a.m.

    यस्तो गर्दा त सिधै हार्नुपर्छ / हरेक नेतालाई किन उठाउने ? मलाई कम्युनिस्ट मनपर्ने भएपनि, यो नीति ठीक लागेन र त्यहाँका जनता पनि नबुझ्ने छैनन् होला /

  •  0 Reply
  • हरि प्रसाद लम्साल

    Oct. 10, 2018, 10:07 p.m.

    मलाई रामवीर मानन्धर ले राजीनामा गरेर वामदेव गौतमको लागि सिट खालि गर्ने निर्णय को पटक्कै चित्त बुझेको छैन। राम वीर मानन्धर लाई आजीवन चुनाव लड्न अयोग्य घोषणा गर्नु पर्छ। त्याे खर्च कसले बेहोर्ने। सांसद मरेको खण्डमा मात्र उप चुनाव गराउने कानुन बनाउनु पर्छ। यो देश तिनीहरूको पेवा होइन जतिबेला जे मन् लाग्यो त्यही गर्ने।हामी खाडीको ५० डिग्री काे रापमा जलेर पठाएको पैसाले तिनी हरू काे भत्ता बढाउन, बारम्बार चुनाव गराउन मात्र हो। हे जनता हरू अब त जाग हो कति गुङ्गो बहिरो बनेर बस्छौ। नेपाली हामी रहौंला कहाँ नेपालै नरहे। हरि प्रसाद लम्साल हाल दोहा कतार बाट।

  •  0 Reply
  • padambahadur batala

    Oct. 10, 2018, 7:04 p.m.

    2 तिहाइ काे सरकार भयर हाेलाकि बामदेब लाई 7 नम्बर मा लडाइ ने तर जन्ता ले बुझेका छन बलत्कारि सरकार लाई 7 नम्बर मा पराजय छ बाम काे जय नेपाल जय देस

  •  0 Reply

तपाईको प्रतिक्रिया