ए डिभिजन लिग अन्तर्गत आज दुई खेल, काे–काे खेल्दैछन् ?

 असोज २५, २०७५ बिहिबार ६:५९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने पहिलो खेलमा बिहान ११ बजेदखि थ्रीस्टार र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

ललितपुर डर्बीको रुपमा हेरिएको यस खेलमा थ्रीस्टार बलियो मानिन्छ । दुई वर्षअघिको राष्ट्रिय लिग विजेता थ्रीस्टार ए डिभिजन लिगकै दावेदारको रुपमा रहेको छ ।राष्ट्रिय टोलीका खेलाडीले भरिएको थ्रीस्टारको सन्तुलित टोली छ । यता फ्रेण्ड्स भने युवा खेलाडीले भरमा हुनेछ । सम्झौता प्रक्रिया नटुंगिएकाले फ्रेण्ड्सले बिदेशी खेलाडी अनुबन्ध गर्न पाएको छैन ।

दिउँसो ३ बजेदेखि सुरु हुने दोस्रो खेलमा जावलाखेलले बिभागीय टोली नेपाल पुलिसको सामना गर्नेछ ।

लामो समयदेखि नकआउट प्रतियोगिताहरुमा पनि सहभागिता नजनाएको जावलाखेलको टोली नयाँ फर्मेसनमा छ भने युवा खेलाडीले भरिएको पुलिस पुस्तान्तरणपछि ए डिभिजन लिगमा पुनरागमन गर्न चाहन्छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया