बलात्कार गरी २० हजार रकम लुट्ने पक्राउ

 असोज २५, २०७५ बिहिबार १२:५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

रुकुम पश्चिम – एक महिलालाई करणी गरी २० हजार रकम चोरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पुथाउत्तरगंगा गाउँपालिका–५, हुकाम रुकुमपूर्वका ३० वर्षीय सविन भनिने सुविन्द्र घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको हो । 

बाँफिकोट गाउँपालिका घर भएकी मुसीकोट नगरपालिकामा बस्ने एक महिलालाई बलात्कार गरी रकम चोरेको अभियोगमा घर्ती पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो । 

घर्तीको साथबाट पीडित महिलाको मोबाइल सेट र नगद १६ हजारसमेत बरामद गरिएको डीएसपी खड्काले बताउनुभयो । पीडित महिलाले आफूमाथि जबरजस्ती करणी गरेको तथा २० हजार नगद चोरेर लगेको उजुरी दिएकी छिन् । घर्तीविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया