रामवीरको राजीनामा षड्यन्त्र, बामदेवलाई जितको ग्यारेन्टी दिन सकिन्न

 असोज २५, २०७५ बिहिबार १३:२३:२१ | कृष्ण राई
unn.prixa.net

काठमाडौं–७ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले दिएको राजीनामाले अहिले पार्टीभित्र नेता–नेताबीच नै अविश्वास खडा गरिदिएको छ ।बर्दियाबाट पराजित भएका पार्टीका नेता बामदेव गौतमलाई फेरि उपनिर्वाचनबाट सांसद बनाउने भन्दै काठमाडौं ७ खाली गराउने काम नाटकीय ढंगले हुन पुगेको हो ।  

यसअघि मानन्धर बामदेवका कट्टर आलोचक थिए । तर अहिले उनैका लागि यति ठूलो त्याग गरेको देखिनुले यसभित्र ठूलो चलखेल छ भन्ने लागेको छ । रामवीरले राजीनामा दिने विषयमा पार्टी कमिटीभित्र कुनै सल्लाह नै गरेनन् ।

जिन्दगीगभर बामदेवलाई नै गाली गर्दै हिँड्ने मान्छे एक्कासी उसैका लागि राजीनामा दिन तयार हुनु आश्चर्यको कुरो हो । अहिले पार्टीका लागि पनि चुनाव आवश्यक छैन ।

तत्कालीन नेकपा एमालेको जिल्ला अध्यक्ष र अहिले एकीकृत पार्टीको जिल्ला अध्यक्षको नाताले पनि हामीसँग उनले छलफल गर्न पर्ने हो । यसबारेमा केही कुरै गरेनन् । 

जिन्दगीगभर बामदेवलाई नै गाली गर्दै हिँड्ने मान्छे एक्कासी उसैका लागि राजीनामा दिन तयार हुनु आश्चर्यको कुरो हो । अहिले पार्टीका लागि पनि चुनाव आवश्यक छैन । अहिले एकीकृत पार्टीलाई तल्लो तहसम्म एक ढिक्का बनाएर लैजाने बेला हो । यो वा त्यो वहानामा अल्झेर बस्ने छुट हामीलाई छँदै छैन । सांसदमा बामदेव नै किन चाहियो र ? राजा विना राज्य अड्केको छ र ? अहिले बामदेवलाई नै ल्याउन खोज्नुले पार्टीभित्र ठूलो षड्यन्त्र पो हुन लाग्या हो कि भन्ने लाग्छ ।  

बामदेवलाई राष्ट्रियसभाको संसद बन्ने बाटो खुलै थियो, तर उहाँ प्रतिनिधिसभामै आउन खोज्नुले यो सांसद मात्रै बन्ने र बनाउने खेल हुँदै होइन । यसका पछाडि कुनै ठूलै योजना लुकेको हामीलाई लागिराखेको छ । रामवीरले नागरिकप्रति अनुत्तरदायी काम गरेका छन् । यसले भविष्यमा उनको राजनीति करियर नै खतरामा पर्ने निश्चित छ ।  

बामदेवलाई जितको ग्यारेण्टी दिन सकिन्न 

चुनाव भनेकै कि जित हुन्छ, कि हार । चुनावमा उठ्ने सबैले जित्छु नै भनेका हुन्छन् । तर काठमाडौं ७ मा अब बामदेवका लागि चुनाव लड्न सहज हुन्छ भन्ने लाग्दैन । एकातर्फ सरकार आलोचित छ । काठमाडौंमा झनै सरकारले केही गर्न नसकेको, मूल्यवृद्धि, यातायातको सिन्डिकेट, शान्ति सुरक्षा, विकास निर्माण लगायतका कामै गर्न नसकेको भनेर आरोप खेपिरहेको छ । सरकारले ल्याएको बजेट कार्यान्वयन पनि आइसकेको छैन । काम गर्नै पाएको छैन । 

गएको चुनावमा राप्रपासँग प्रतिष्पर्धा थियो । नेपाली कांग्रेसले उम्मेद्वार उठाएको थिएन । तर अब चुनाव भयो भने त सबै एकजुट भएर हाम्रै विरुद्ध खनिने हुन् । त्यसैले बामदेवको जितको ग्यारेण्टी हामी दिन सक्दैनौँ ।

अर्कोतर्फ पहिलो चुनावमा हारेका बामदेव जसरी पनि संसद बन्ने ध्याउन्नमा चुनाव लड्न खोजिरहेका छन् । अहिलेका मतदाता पहिले जस्तो पनि छैनन् । हरेक कुरा बुझेका छन् । त्यसैले पार्टीका लागि यो चुनाव प्रतिउत्पादक हुन सक्छ ।

चुनावै भए पनि के भनेर जाने मतदाताको घरदैलोमा ? गएको चुनावमा राप्रपासँग प्रतिष्पर्धा थियो । नेपाली कांग्रेसले उम्मेद्वार उठाएको थिएन । तर अब चुनाव भयो भने त सबै एकजुट भएर हाम्रै विरुद्ध खनिने हुन् । त्यसैले बामदेवको जितको ग्यारेण्टी हामी दिन सक्दैनौँ ।

चुनाव भनेको त तल्लो तहसम्म रहेका पार्टीका संगठनको सकृयताले जित्ने हो । हामी कोहीसँग पनि सल्लाह नै भएको छैन । अनि एक्लै चुनाव उठेर जित्छु भन्ने लाग्छ भने हामीलाई भन्नु केही छैन ।  

पार्टी भद्रगोल बनाउने खेल

काठमाडौंमा सधैंजसो जिल्ला बाहिर जन्मेका हुर्केका आएर चुनाव लडे । यहाँका स्थानीयले सधैं जिताउँदै पनि गए । यहाँका नेता कार्यकर्ता चाहिँ सधैंै योगदान मात्रै दिइरहने हो र ? रामवीरसँग पक्कै पनि भित्रि रुपमा केही ठूलै बार्गेनिङ भएको छ । पहिले पनि बामदेवले छानेरै वर्दियामा चुनाव लडेका हुन् । चुनावमा हार जित त हुन्छ नै । तर जसरी पनि मेरो जित हुनै पर्छ भनेर बालहठ गरेर त हुँदैन । तिनै नेताहरुले नै पाँच वर्षे प्रावधान राखेका हुन् त । 

फेरि लोकतन्त्रमा त्यो पाँच वर्ष पर्खन नसक्नु के को लोकतन्त्रवादी ? बामदेवलाई सांसद नै बन्न थियो भने पनि राष्ट्रियसभाबाट जाने बाटो खुल्लै छ । अबको एक वर्षपछि त जान पाईहाल्नु हुन्छ । अहिले नै के को हतारो परेको हो ? यदि सांसद मात्रै बन्नु थियो भने यस्तो हतारो पक्कै हुँदैन थियो होला ।

नेपालमा कम्युनिष्टहरु मिलेको देख्न नसक्ने देशी विदेशी तत्वको खेल जस्तो लाग्छ मलाई बामदेवलाई प्रतिनिधिसभा संसदमा छिराउन खोज्नु पनि ।

बाहिरबाट पार्टीभित्र चलखेल गर्न नसकिने रहेछ भन्ने बुझेरै बामदेवलाई देशी विदेशी चलखेलबाट प्रतिनिधिसभामा लैजान खोजिएको हामीले ठानेका छौँ । यदि यस्तो हो भने यो त गम्भीर विषय हो ।

बामदेवलाई संंसदमा ल्याएर संसदीय दलका नेता केपी ओलीलाई हटाउने र बामदेवलाई बनाउने त्यसपछि प्रधानमन्त्रीसम्म बनाउने खेल पनि यो हुनसक्छ ।  

केपी ओलीलाई अहिले नै संसदीय दलको नेताबाट हटाउन अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पनि अप्ठेरो छ । झलनाथ खनाल, माधव नेपाल र प्रचण्ड मिलेपछि मात्रै केपी ओली कमजोर हुन्छन् । बामदेवलाई सांसदमा लान सकिए सबै मिलेर ओलीलाई एक्ल्याउने योजना पनि हुन सक्छ ।

बाहिरबाट पार्टीभित्र चलखेल गर्न नसकिने रहेछ भन्ने बुझेरै बामदेवलाई देशी विदेशी चलखेलबाट प्रतिनिधिसभामा लैजान खोजिएको हामीले ठानेका छौँ । यदि यस्तो हो भने यो त गम्भीर विषय हो ।  

प्रचण्डले ल्याएको चिठीमा हस्ताक्षर 

पत्रकार सम्मेलनमा रामवीरको अभिव्यक्तिलाई लिने हो भने पनि उसलाई राष्ट्रियसभामा कसले लिएर आउँछ र ? अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी ओलीसँग सल्लाह नै नगरी राजीनामा दिएकाले उनलाई किन ल्याउने ? उनलाई कहाँ लैजाने भन्ने कुरो पार्टी अध्यक्ष एवं संसदीय दलका नेता ओली बाहेक अरुले गरेर हुने कुरो नि होइन । 

त्यसैले यहाँ के देखिन्छ भने रामवीरलाई राष्ट्रियसभामा ल्याएर मन्त्री दिन संसदीय दलको नेतामा केपी कमरेड हट्नु पर्छ । अनि मात्रै त्यो कुरा सम्भव छ । यसैले पनि यो सबै विकसित घटनाक्रम हेर्दा पार्टीभित्र बिग्रह ल्याउने खेल बाहेक अरु केही देखिँदैन । 

प्रधानमन्त्रीले रामवीरलाई फोन गरेर राजीनामाबारे सोध्दा अध्यक्ष प्रचण्डले तयार पारेर ल्याएको पत्रमा आफूले हस्ताक्षर गरिदिएको भनेर जवाफ फर्काएको हामीलाई बताउनुभयो । यसले पनि गम्भीर आशंकाहरु उत्पन्न गराएको छ ।

यसले त हामीलाई तहसनहस बनाउँछ । यसबारेमा हामीले प्रधानमन्त्री केपी ओलीलाई भेटेर सबै कुरा राखि पनि सकेका छौँ ।  

हाम्रै अगाडिबाट प्रधानमन्त्रीले रामवीरलाई फोन गरेर राजीनामाबारे सोध्दा अध्यक्ष प्रचण्डले तयार पारेर ल्याएको पत्रमा आफूले हस्ताक्षर गरिदिएको भनेर जवाफ फर्काएको हामीलाई बताउनुभयो । यसले पनि गम्भीर आशंकाहरु उत्पन्न गराएको छ । यसभित्र नियत सफा छ भन्ने नै देखिँदैन । 

हामीले यो घटनाक्रम रोक्नु पर्छ भनेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छौँ । उहाँले पनि म केही समय बुझ्छु भन्नु भएको छ ।  यदि यो दुष्प्रयास सफल भयो भने पार्टीभित्र गुटको विजारोपण हुन्छ । भर्खरै मात्रै बनेको कम्युनिष्ट पार्टीले आकार देखाउन नपाउँदै धरासायी बन्छ ।  

जिते पनि, हारे पनि घाटा पार्टीलाई नै 

यसले त काठमाडौं ७ मा चुनाव भएर बामदेवले जिते पनि पार्टीलाई घाटा पुग्ने देखिन्छ । हारे त एक सिट गुम्ने नै छ । घाटा त्यसै भइ हाल्यो । तर जिते भने पार्टीभित्र विग्रह ल्याउने देखियो । बाहिरबाट आक्रमण गर्न सकिएन अब भित्रैबाट कैंची चलाऔँ भनेर भन्नेहरुले बामदेवलाई यस क्षेत्रबाट जिताउन पनि सक्छन् ।

किनकी देशी विदेशी तत्वहरुलाई त कम्युनिष्ट पार्टी असफल बनाउनु छ । यसैले पनि बामदेवको यात्रा पार्टीका लागि घातक हुन सक्छ । यदि यो सबै परिघटना होइन भने फेरि हाम्रा लागि बामदेव गौतम आवश्यक हुनुहुन्छ । लामो समय राजनीतिमा लाग्नु भएको । बृहत शान्ति प्रकृयादेखि संविधान निर्माणसम्म योगदान दिनु भएको व्यक्ति हुनुहुन्छ । तर अहिलेको परिवेशमा हामीलाई चुनाव आवश्यक छैन । पार्टीले राम्रा काम गर्नै बाँकी छ ।

काठमाडौं ७ मा चुनाव भएर बामदेवले जिते पनि पार्टीलाई घाटा पुग्ने देखिन्छ । हारे त एक सिट गुम्ने नै छ । घाटा त्यसै भइ हाल्यो । तर जिते भने पार्टीभित्र विग्रह ल्याउने देखियो ।

जनजीविकाको कुरामा आशलाग्दो काम गर्नै बाँकी छ । अहिले त सरकारको आलोचना मात्रै छ । त्यसमाथि एक ठाउँबाट मतदाताले अस्वीकृत गरेका व्यक्तिलाई फेरि अर्को ठाउँमा ल्याएर चुनाव उठाउनु घातक नै हो । यसमा पार्टीका आफ्नै मतदाताले पनि समर्थन नगर्ने अवस्था छ ।

हामी त पार्टीले निर्देशन दिन्छ भने त्यसका लागि तयार रहौँला, तर मतदाताहरु मान्ने अवस्था छैन । त्यसैले यो बेमौसमको बाजा बजाउन छाडेर पार्टीलाई एक ढिक्का बनाउँदै तल्लो तहसम्मको एकतालाई पूर्णता दिन तिर सबै लाग्नु उचित हुन्छ । 

(काठमाडौं ३ बाट विजयी प्रतिनिधिसभा सांसद एवं तत्कालीन एमालेका काठमाडौं जिल्ला अध्यक्ष रार्इसँग उज्यालाेका लागि नवराज फुयाँलले गरेकाे कुराकानीमा अाधारित ।)

अन्तिम अपडेट: फागुन ३०, २०८०

कृष्ण राई

राई काठमाडौं ३ बाट विजयी प्रतिनिधिसभा सांसद एवं तत्कालिन नेकपा एमालेका काठमाडौं जिल्ला अध्यक्ष हुन् । 

तपाईको प्रतिक्रिया