रजनीकान्तको ‘काला’ का क्रेजी फ्यान : पोस्टरमा दूध चढाए

 जेठ २४, २०७५ बिहिबार १६:४६:३३ | एजेन्सी

रजनीकान्त अभिनित चलचित्र ‘काला’ बिहीबार रिलिज भएको छ । 

बहुप्रतिक्षित चलचित्रका रुपमा रहेको ‘काला’ हेर्न जाने ‘क्रेजी फ्यान’ हरुको कमी थिएन । चेन्नईमा बिहानै चार बजे फिल्म हेर्न पुगेका रजनीकान्तका प्रशंसकले उनको पोस्टरमा दूध चढाएका थिए । त्यस्तै मुम्बईमा दुई सय जना महिला सायन मन्दिरबाटर बडालामा रहेको कार्निभल तथा आइम्याक्स सिनेमा हलमा पैदलै चलचित्र हेर्न गएका थिए । उनीहरुले एउटा भक्ति र्याली नै निकालेका थिए । साथै एउटा डान्स ग्रुपले आफ्नो प्रस्तुति दिएको थियो । 

त्यसपछि चलचित्र कालाको ६० फीट अग्लो पोस्टरको अभिषेक गरिएको थियो । 

साउथका स्टार रजनीकान्तको ठूलो फ्यान फलोइङ रहेको छ । चेन्नईमा बिहान ४ बजे नै पहिलो शो चलाइएको थियो ।

बिहान चार बजेदेखि नै सिनेमाघर बाहिर भीड लागेको थियो । चेन्नईका सिनेमाघर बाहिर चलचित्रको पोस्टरमा दूध चढाइएको थियो । रजनीकान्तको प्रदर्शनका रोक लगाउन भन्दै परेको मुद्धालाई भारतीय सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । 

रजनीकान्तका ज्वाँई धनुषको प्रोडक्सनका बनेको यस चलचित्रमा रजनीकान्त डनको भूमिकामा देखिएका छन् । चलचित्रमा रजनीकान्तका अलावा नाना पाटेकर, पंकज त्रिपाठी, ईश्वरी राव, प्रकाश राज तथा हुमा कुरैशीको अभिनय रहेको छ । 


 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया