‘विश्वमै वामपन्थी सरकार रहँदैन भने नेपालमा त झन टिक्ने कुरै छैन’

 असोज २५, २०७५ बिहिबार १७:५८:२ | जयनारायण यादव
unn.prixa.net

बारा - नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले विश्वबाट चाँडै नै बामपन्थी विलय भएर जाने बताउनु भएको छ ।

बाराको पथलैयामा नेपाली कांग्रेस नगर कार्यसमितिद्धारा आज आयोजित खुल्ला रक्तदान तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख सचेतक खाडले आउँदो दश वर्ष भित्रमा विश्वका कुनै पनि मुलुकमा बामपन्थी सरकार नरहने दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विश्वमै बामपन्थी सरकार रहदैन भने नेपालमा त झन टिक्ने कुरै छैन ।’

वहाँले ओली नेतृत्वको सरकार बोलीमा मात्र सीमित भएको आरोप लगाउँदै सरकारले हत्या हिंसा बलात्कार महंगी भ्रष्टाचार नियन्त्रण गर्न नसकेको बताउनु भयो ।

संविधान र लोकतन्त्रको रक्षाको लागि नेपाली काँग्रेस आन्दोलन गर्ने बेला आएको पूर्व रक्षामन्त्रीसमेत रहनु भएका सचेतक खाँडको भनाई छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया