राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु
बैशाख ८, २०८१ शनिबार
सप्तरी – सप्तरीको राजविराजमा दुई युवा समूहबीच भएको झगडामा एक युवकको मृत्यु भएको छ ।
झगड़ामा सप्तरीको राजदेवी मा वि का विद्यालय व्यवस्था समितिका सदस्य भन्नालाल यादवका २१ वर्षीय छोरा प्रेम यादवकोे मृत्यु भएको हो ।
झगडा दुई उच्छृंखल युवा समूहबीच व्यक्तिगत रिस इबीका कारणले भएको मृतकका परिवारले जनाएका छन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रदेश सभा २ का सदस्य मनिष कुमार सुमन तथा राष्ट्रिय विद्यार्थी संघका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव केसीले छुटा छुटै विज्ञप्ती प्रकाशन गरी घटनाको भत्र्सना गरेका छन् ।