फुटबल खेल्न गएका युवकको खोलामा डुबेर ज्यान गयो

 असोज २५, २०७५ बिहिबार २०:३:४ | उपेन्द्र येक्तेन
unn.prixa.net

असोज – पाँचथरको याङवरक र ताप्लेजुङको सीमा भएर बग्ने ईवा खोलामा डुबेर फुटबल खेल्न गएका एक युवकको मृत्यु भएको छ । 

पाँचथरको हिलिहाङ गाउापालिका-५, सुभाङका कमल सुहाङको १६ वर्षीय छोरा युगल सुहाङको बिहीबा बिहान ज्यान गएको हो ।

विजया दशमीको अवसरमा पाँचथरको याङवरक गाउँपालिकाको च्याङथापु बजारमा आयोजना भएको फुटबल प्रतियाेगितामा खेल्न साथीहरुसँग गएका सुहाङको नजिकै रहेको खोलामा  पौडी खेल्दा डुबेर मृत्यु भएको प्रहरीले बताएकाे छ । 

पौडी खेल्ने क्रममा खोलामा डुबेपछि साथीहरुले उद्धारको प्रयास गर्दागर्दै उनको मृत्यु भएको र शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया