स्टार खेलाडीबिना नै अर्जेन्टिनाको शानदार जित

 असोज २६, २०७५ शुक्रबार ७:४९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाले इराकलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

लियोनल मेस्सी, सर्जियो अग्युरो, गोन्जालो हेगुइन नखेलेको खेलमा अर्जेन्टिनाले इराकमाथि ४–०ले पराजित गर्दा अधिकांश युवा खेलाडीहरु मैदान उतारेको थियो ।

खेलको १८ औं मिनेटमा लाउतारो मार्टिनेजले गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमो १ गोल गरेको अर्जेन्टिनाले बाँकी तीन गोल दोस्रो हाफमा गरेको थियो ।

५३औं मिनेटमा रोबर्टो परेराले पाउलो डिबेलाको पासमा गोल गर्दै अर्जेन्टिनालाई २–० को अवस्थामा पुर्याएका थिए । यसैगरी जर्मन पजेलाले ८२औं मिनेटमा गोल गर्दा इन्जुरी समयको पहिलो मिनेटमा फ्रान्को इमान्यूल केर्भीले गोल गर्दै अर्जेन्टिनाको स्कोर ४–० पुर्याएका थिए ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया