सप्तरी र गुल्मीमा डुबेर दुईजनाको ज्यान गयो
बैशाख ८, २०८१ शनिबार
विश्वविजेता फ्रान्सले र आइसल्याण्डविरुद्ध मैत्रीपूर्ण फुटबलमा २–२ गोलको संघर्षपूर्ण बराबरी खेलेको छ ।
दुई गोलले पछि परेको फ्रान्सले बराबरी गर्न सफल भएको हो । विरकिर बेन्जरसनले ३०औं मिनेटमा गोल गर्दै आईसल्याण्डलाई विश्वविजेता फ्रान्सविरुद्ध अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल खाएको फ्रान्सले ५८औं मिनेटमा दोस्रो गोल खाएको थियो ।
आइसल्याण्डका लागि क्यारी एरनसनले गोल गर्दै २–० को अवस्थामा पुर्याएका थिए । तर खेलको ८६औं मिनेटमा आईसल्याण्डका होल्मार इजोफ्सनले आत्मघाति गोल उपहार दिएपछि फ्रान्सले अग्रता २–१ मा छोट्याएको थियो ।
तर ९०औं मिनेटमा फ्रान्सका युवा स्ट्राइकर किलियन एम्बाप्पले गोल गर्दै फ्रान्सलाई २–२ को अवस्थामा ल्याउँदै सम्भावित हार टारेका थिए ।