स्पेनद्वारा वेल्स फराकिलो गोल अन्तरले पराजित

 असोज २६, २०७५ शुक्रबार ८:२१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

मैत्रीपूर्ण फुटबलमा स्पेनले वेल्सलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको छ । स्पेनका लागि पाको अलकेसरले २ तथा सर्जियो रामोस र बातअग्राल एरगेले एक एक गोल गर्दा वेल्सका साम भोक्सले सान्त्वना गोल गरेका थिए । 

वेल्सको घरेलु मैदानमा भएको खेलमा स्पेनले आठौं मिनेटमा अग्रता लिएको थियो । स्पेनका लागि पहिलो गोल पाको अलकेसले गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए । १९औं मिनेटमा सर्जियो रामोसले गोल थप्दै स्पेनलाई २–० को अवस्थामा पुर्‍याए । 

सुरुदेखि नै आक्रामक फुटबल खेलेको स्पेनले २९औं मिनेटमा तेस्रो गोल थपेको थियो । स्पेनका लागि तेस्रो गोल पाकोले गरेका हुन् । उनले यस खेलमा व्यक्तिगत दुई गोल गर्न सफल भए ।

पहिलो हाफमा ३–०ले पछि परेको वेल्सले ७४औं मिनेटमा थप १ गोल खाँदै ४–०ले पछि परेको थियो । यतिबेला बातअग्रालले स्पेनका लागि चौथो गोल गरेका थिए । तर ८९औं मिनेटमा साम भोक्सले वेल्सका लागि एक गोल फर्काउन सफल भए पनि हार टान भने असफल भए ।


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया