चलचित्र ड्रीम गर्लको गीत ‘तिम्रो मायामा’ सार्वजनिक

 जेठ २४, २०७५ बिहिबार १७:४५:२० | उज्यालो सहकर्मी

नेपाली चलचित्र ड्रिम गर्लको बहु प्रतिक्षित गीत ‘तिम्रो मायामा’ विहीबार यूट्युबमा सार्वजनिक भएको छ ।

अञ्जु पन्त तथा सुरेश लामाको स्वरमा स्वरवद्ध गीतको संगीत संयोजन अर्जुन पोख्रेलले गर्नुभएको छ भने शब्द अम्बिका शर्माको रहेको छ ।

 

मनोरम दृश्यहरु समेटिएको तथा सुन्दर स्थानहरुमा छायांकन गरिएको गीतमा चलचित्रका नायक नायिका आकाश श्रेष्ठ र आष्मा गिरीलाई फिचर गरिएको छ । गीतका शब्दहरु सरल र मर्मस्पर्शी छन् भने कर्णप्रिय संगीत संयोजनका कारण यसले दर्शका तथा श्रोताहरुका माझ छिट्टै नै लोकप्रियता हासिल गर्ने आशा गरिएको छ ।

रिल एण्ड रियल सिनेमाको सहकार्यमा आर बी मुभिजको प्रस्तुति रहेको चलचित्र ड्रिम गर्लका निर्माताहरु अर्जुन शर्मा, ऋषि आचार्य र रामेश्वर धिताल रहेका छन् ।  यसै गरी चलचित्रको कथा र निर्देशन ऋषिराज आचार्यको रहेको छ ।

चलचित्रका अन्य कलाकारहरुमा विल्सन बिक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरी, शिशिर भण्डारी, शुरवीर पण्डित लगायतका छन् ।

चलचित्र आउँदो असोज १९ गते रिलिज हुने तयारीमा छ ।
 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया