शुक्रबार कुवेती दिनारको भाउ बढ्यो, रियाल, रिंगिट र दिर्हाम भने कमजोर

 असोज २६, २०७५ शुक्रबार १०:३९:३६ | उज्यालो सहकर्मी

काठमाडौं –  शुक्रबार रियाल, रिंगिट, दिर्हाम र कोरयन वनको भाउ केही पैसाले घटेको छ भने कुवेती दिनार बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५४ पैसा र बिक्रिदर ३१ रुपैयाँ ७० पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४९ र बिक्रिदर ३२ रुपैयाँ ६६ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रिदर ३२ रुपैयाँ ३७ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४४ पैसा र बिक्रिदर २८ रुपैयाँ ५९ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३७ र बिक्रिदर १० रुपैयाँ ४३ पैसा रहेको छ । 

कुवेती दिनार एकको खरिददर ३ सय ९० रुपैयाँ २४ पैसा छ भने बिक्रिदर ३ सय ९२ रुपैयाँ २२ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय १३ रुपैयाँ ७९ पैसा र बिक्रिदर ३ सय १५ रुपैयाँ ३८ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया