नुवाकोट र सिन्धुलीमा बस दुर्घटना, २ जनाको ज्यान गयो

 असोज २६, २०७५ शुक्रबार ११:५७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नुवाकोट र सिन्धुलीमा बस पल्टिदा २ जनाको ज्यान गएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका मुलकोटमा पर्ने रिठ्ठे भीरबाट बस खस्दा एकजनाको ज्यान गएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यस्तै, नुवाकोटको सूर्यगढी गाउँपालिका ५ मा बा १ ख ६६५६ नम्बरको बस पल्टिदा एकजनाको ज्यान गएको छ । दुर्घटनामा ३० जना भन्दा धेरै घाइते भएका प्रहरीले जनाएको छ । ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया