महिला–बालबालिकामाथि हुने हत्या, बलात्कार तथा हिंसा सरकार एक्लैले नियन्त्रण गर्न सक्दैन : गृहमन्त्री थापा

 असोज २६, २०७५ शुक्रबार १६:१९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले महिला, बालबालिकामाथि भइरहेको हत्या, बलात्कार, हिंसालगायतका जघन्य अपराधका घटना सरकार एक्लैले नियन्त्रण गर्न नसक्ने बताउनु भएको छ ।

गृहमन्त्री थापाले मुलुकमा बढ्दो महिला, बालबालिकामाथिको हत्या, बलात्कार, हिंसालगायतका अपराध नियन्त्रण गर्न नागरिक र सरकार दुवैको संयुक्त प्रयास अनिवार्य रहेको स्पष्ट पार्नुभयो । शुक्रबार गृह मन्त्रालयले आयोजना गरेको महिला हिंसासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले महिला र बालबालिकामाथि हुने जघन्य अपराधका घटना घटाउन रक्सी–जाँड सेवन मुख्य कारण रहेकोे र त्यसलाई नियन्त्रण गर्न सरकार लागि परेको पनि स्मरण गराउनुभयो ।

७० प्रतिशतभन्दा बढी महिला र बालबालिकामाथि हुने जघन्य अपराधको कारण रक्सी–जाँडको प्रयोग रहेको गृह मन्त्रालयको निष्कर्ष सुनाउँदै गृहमन्त्री थापाले त्यसलाई नियन्त्रण गर्न सरकार र नागरिक दुवैले सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको पनि दोहोर्‍याउनुभयो ।

गृहमन्त्री थापाले देशलाई बिखण्डन गर्न खोज्ने तत्वलाई सरकारले कडा निगरानीमा राखेको दाबी पनि गर्नुभयो । उहाँले अझै पनि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी तत्वले द्वन्द्व निम्त्याउन खोजिरहेको उल्लेख गर्दै त्यसलाई निष्तेज पारेर नागरिकलाई सुखी बनाउने गरी सरकारले समृद्धिको अभियानलाई अघि बढाएको बताउनुभयो ।

गृहमन्त्री थापाले समृद्धिको बाधकको रुपमा रहेका सबै खालका तत्वलाई परास्त गर्दै अघि बढ्ने दृढता पनि व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया