सन्दीप लामिछानेले ताेडे वसन्त रेग्मी र विनाेद दासको रेकर्ड

 असोज २६, २०७५ शुक्रबार १६:२२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

मलेसियामा जारी आइसीसी टी–२० एशिया उपक्षेत्रीय छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा अहिले सिंगापुरविरुद्ध खेलिरहेको छ ।

यस खेलमा नेपाली बलर सन्दीप लामिछानेले ४ विकेट लिए । उनले ४ विकेट लिएसँगै बसन्त रेग्मी र विनोद दासको एकै प्रतियोगितामा धरै विकेट लिने रेकर्ड तोडेका छन् । 

उनले प्रतियोगिताको ६ इनिङमा २४ विकेट लिए । सिनियर टिमको लागि एकै प्रतियोगितामा धेरै विकेट लिने रेकर्ड बसन्त रेग्मी र बिनोद दासको नाममा थियो ।

रेग्मीले सन् २०१२ को डिभिजन–४ प्रतियोगितामा तथा बिनोद दासले सन् २००५ को एसीसी फास्ट ट्रयाक कन्ट्रीज प्रतियोगितामा २१-२१ विकेट लिएका थिए ।

सन्दपले पहिलो खेलमा म्यानमारविरुद्ध ४, दोस्रो र तेस्रो खेलमा मलेसिया र थाइल्याण्डविरुद्ध ५–५ तथा चौथो र पाँचौं खेलमा भुटान र चीनविरुद्ध ३–३ विकेट लिएका थिए ।

उमेर समूहमा पनि एकै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट सर्वाधिक विकेट लिने रेकर्ड सन्दिप लामिछानेकै नाममा रहेको छ । उनले गएकाे जुलाईमा सिंगापुरमा सम्पन्न यू–१९ विश्वकप छनौट प्रतियोगितामा ६ खेलमा कूल २४ विकेट लिंदै कीर्तिमान कायम गरेका थिए।

सन्दिप लामिछानेले जारी प्रतियाेगितामा म्यानमारविरुद्ध ४ विकेट,मलेसियाविरुद्ध ५ विकेट,थाईल्याण्डविरुद्ध ५ विकेट, भुटानविरुद्ध ३ विकेट र चीनविरुद्ध ३ विकेट लिँदै कीर्तिमान बनाएका हुन् ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया