जुवाको खालमा प्रहरीको छापा : एक पेस्तोलसहित तीनजना पक्राउ

 असोज २६, २०७५ शुक्रबार १८:३९:४० | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा –  जनकपुरमा प्रहरीले जुवाको खालबाट एक पेस्तोल र त्यसमा प्रयोग हुने एक राउण्ड गोलीसहित तीनजना युवकलाई पक्राउ गरेको छ । 

जनकपुरधाम उपमहानगरपालिका –१९, वेंगाशिवपुरमा जुवा खेलीरहेको सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले शुक्रबार तीनजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका ६ बस्ने वर्ष २७ का रामचन्द्र दास , जनकपुर उपमहानगरपालिका १९ बस्ने वर्ष १९ का ऋषिकेशप्रसाद साह र वर्ष १८ का आशिक मण्डल छन् । 

प्रहरी पुग्दा भागाभाग हुने क्रममा तीनैजना पक्राउ पर्न सफल भएको र उनीहरुको साथबाट एकथान नलकटुवा पेस्तोल, एक राउण्ड गोली र दुईथान मोबाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।  
 

अन्तिम अपडेट: चैत १२, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया